अध्यक्ष प्रचण्डद्वारा टेबुलटेनिस टोलीलाई बिदाइ
काठमाडौँ , ४ भदौ । इण्डोनेसियाको राजधानी जकार्तामा जारी १८ औं एशियन खेलकूद प्रतियोगिता एसियाड मा सहभागी हुन जाने टेबुलटेनिस खेलाडीको टोलीले नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्कमल दाहाल ‘प्रचण्ड’सँग बिदाइ भेट गरेको छ ।
टोलीसँग भेट गर्दै अध्यक्ष दाहालले टेबुलटेनिस खेलबाट एशियामा देशको नाम राख्न शुभकामना दिए।
आफूलाई पनि टेबुलटेनिस खेल मनपर्ने बताउनुहुँदै उनले भने, “राम्रो खेल प्रदर्शन गर...



























