एन्फा प्रशिक्षकले क्लबमा काम गर्न नपाउने
काठमाडौँ, १७ असोज । अखिल नेपाल फुटबल सङ्घ एन्फामा प्रशिक्षकका रुपमा जागिर गरिरहेका व्यक्तिले व्यावसायिक क्लबमा काम गर्न नपाउने भएका छन् ।
आज बसेको एन्फा कार्यसमितिको बैठकले व्यावसायिक क्लबमा प्रशिक्षक आबद्ध हुँदा एन्फाको आन्तरिक प्रशिक्षणमा असर गर्ने भएकाले सो निर्णय गरिएको प्रवक्ता किरण राईले जानकारी दिए ।
यसअघि एन्फा प्रशिक्षकको भूमिकामा रहेका व्यक्तिले व्यावसायिक क्लबमा समेत काम गर्दै आएका ...



























