काठमाडौँ । एएफसी यु–१९ च्याम्पियनसिपको दोस्रो चरणमा प्रवेश गरेको नेपाली यू–१९ महिला फुटबल टोली साेमबार स्वदेश फर्किएको छ ।

Advertisement

थाइल्याण्डमा भएको उक्त च्याम्पियनसिपमा दोस्रो स्थानमा रहँदै छनोट भएका नेपाली किशोरी टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अखिल नेपाल फुटबल सङ्घका पदाधिकारीहरुले स्वागत गर्नुभयो ।

नेपाली किशोरी टोलीले थाइल्याण्डमा भएको उक्त च्याम्पियनसिपमा दोस्रो स्थानमा रहँदै दोस्रो चरणको लागि छनोट हुन सफल भएको थियो । थाइल्याण्ड मै हुने दोस्रो चरणको खेल आगामी सन् २०१९ अप्रिलमा हुनेछ ।

नेपाल पहिलो खेलमा थाइल्याण्डसँग ३–० ले पराजित भएको थियो भने त्यसपछिको दुवै खेलमा जित हात पारेको थियो । नेपालले भारतलाई २–० ले तथा पाकिस्तानलाई ९–० गोलअन्तरले पराजित गरेको थियो ।

नेपालले पहिलो पटक एएफसी यू–१९ च्याम्पियनसिपको छनोटमा सहभागिता जनाएको हो । अब अन्तिम चरणमा छनोट हुन नेपालले अप्रिलमा हुने छनोट चरण पार गर्नुपर्नेछ । च्याम्पियनसिप छनोटमा विभिन्न छ समूहका विजेता र उपविजेतामध्ये उत्कृष्ट प्रदर्शन गर्ने दुई राष्ट्रले दोस्रो चरण खेल्न पाउनेछन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!