बिनोद बिष्ट/संगालोखबर

धनकुटा, १२ कात्तिक । शहीदभूमि गाउँपालिका–१ छिन्ताङ्गमा छैठौं छिन्ताङ्ग शहीदकप फुटवल प्रतियोगिता सुरु भएको छ । प्रतियोगिता उद्घाटनका अवसरमा शहीदभूमि–१ र ७ नम्बर वडाका सामुदायिक बिद्यालयका शिक्षकहरुवीच मैत्रीपूर्ण खेल सम्पन्न भएको छ ।

Advertisement

मैत्रीपूर्ण खेलमा ७ नम्बरको टिम बिजयी भएको प्रतियोगिताका सञ्चार संयोजक भक्त खड्काले जानकारी दिए । यसैवीच प्रतियोगिता उद्घाटन कार्यक्रमलाई संबोधन गर्दै शहीदमूमि गाउँपालिकाका उपाध्यक्ष रत्नश्वरी राईले खेलकुदको बिकासकालागि गाउँपालिकाले सहयोग गर्ने प्रतिवद्धता जनाईन् ।

कार्यक्रममा जिल्ला खेलकुद बिकास समितिका पूर्व अध्यक्ष एवं शहीदभूमि–३ का वडाध्यक्ष योगेन्द्र राई, १ नम्बरका वडाध्यक्ष अशोक राई, मितेरी युवा क्लवका अध्यक्ष दुर्गा बहादुर खड्का, क्लवका निवर्तमान अध्यक्ष भुपाल कार्की लगायतले गाउँमा खेलकुद बिकासका लागि खैल मैदानको स्तरोन्नती र खेलाडीहरुलाई प्रोत्साहनको खाँचो औल्याए । उनीहरुले गाउँमा खेलकुद गतिबिधि बढाउँदै खेल क्षेत्रको बिकासका लागि आ–आफ्नो क्षेत्रबाट सहयोग गर्ने प्रतिवद्धता पनि जनाए ।

१० औं स्थापना दिवसको अवसर पारेर छिन्ताङ्ग मितेरी युवा क्लवले प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगिता कात्तिक १७ गतेसम्म सञ्चालन हुँने मितेरी क्लवका सहसचिव सोम राईले जानकारी दिए । स्थानीय लामेबगर खेल मैदानमा छ बर्ष अघिदेखि हरेक बर्ष यो प्रतियोगिता सञ्चालन हुँदै आएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!