भोजपुर ९ कात्तिक । कोशी कप भलिबल–२०७५ को उपाधि षडानन्द नगरपालिका–१२ देउरालीले हात पारेको छ ।

देउरालीले कपसँगै रु २५ हजार, दोस्रो षडानन्द नगरपालिका–१३ बोयाले रु १८ हजार र तेस्रो अरुण गाउँपालिका–४ चरम्बीले रु १२ हजार तथा सान्त्वना पुरस्कार षडानन्द नगरपालिका–१० साङपाङले रु सात हजारसहित प्राप्त गरेका छन् ।

Advertisement

प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी चरम्बीका मिलन तामाङ र बेस्ट स्पाइकर बोयाका अर्जुन दर्नाल घोषित हुनुभएको छ । यही कात्तिक ५ देखि ८ गतेसम्म भएको प्रतियोगितामा १६ टोलीको सहभागिता थियोे ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!