ईश्वर थापा/संगालोखबर

धनकुटा, १३ कात्तिक । सहिदभूमि गाउँपालिका–१ छिन्ताङ्गमा जारी छैठौं छिन्ताङ्ग शहीदकप फुटवल प्रतियोगितामा सोमवार चार खेल सम्पन्न भएको छ ।

Advertisement

साँगुरीगढी ९ दिलुङटार र धनकुटा ९ बेलहारा, सहिदभूमि ७ साप्तिङटार ‘बी’ र साँगुरीगढी ८ पोक्ला ‘ए’, विश्रान्ती फुटबल क्लब धनकुटा ९ मुलघाट र आदर्श युवा क्लव सहिदभूमि १, सुन्तलाबारी युवा क्लव सहिदभूमि र अजम्बरी युवा क्लव साँगुरीगढी ५ फेदी बीच प्रतिस्पर्दा भएको थियो । जसमा धनकुटा ९ बेलहारा, साँगुरीगढी ८ पोक्ला ‘ए’, विश्रान्ती फुटबल क्लब धनकुटा ९ मुलघाट र सुन्तलाबारी युवा क्लव सहिदभूमि विजयी भएको मितेरी क्लवका प्रतियोगिताका सञ्चार संयोजक भक्त खड्काले जानकारी दिए।

सुनसरी र धनकुटाका २२ वटा क्लबले सहभागिता जनाएको प्रतियोगितामा पहिलो चरणका खेल बुधबारसम्म जारी रहने आयोजकले जनाएको छ । प्रतियोगिता सञ्चालनका लागि सहिदभूमि गाउँपालिकाको कार्यालय र सहिदभूमि १ नम्बर वडा कार्यालयले सहयोग गरेका छन्।

स्थानीय लामेबगर खेल मैदानमा ६ वर्ष अघिदेखि हरेक वर्ष सञ्चालन हुँदै आएको प्रतियोगितामा यो वर्ष प्रथम हुने टीमले नगद ६५ हजार ५ सय ६५ रुपैँया, ट्रफि, मेडल र प्रमाण पत्र र दोस्रो हुने टीमले नगद ३० हजार १ सय ३० रुपैँया, ट्रफि, मेडल र प्रमाण पत्र पाउने छन् । त्यस्तै सर्वोत्कृष्ट खेलाडी र गोलकर्ताले जनही नगद ३ हजार १ सय ५१ रुपैँया, मेडल र प्रमाण पत्र पाउने छन् ।

वि.सं.२०३६ सालमा भएको छिन्ताङ्ग हत्याकाण्डका सहिदको सम्झना तथा क्लवको १० औं स्थापना दिवसको अवसर पारेर स्थानीय मितेरी युवा क्लवले प्रतियोगिता आयोजना गरेको हो । आइतवारबाट सुरु भएको प्रतियोगिता कात्तिक १७ गते फाइनल खेल हुने जनाईएको छ ।

यो समाचार पनि पढनुहोस्…

छिन्ताङ्ग शहीदकप फुटवल प्रतियोगिता सुरु

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!