काठमाडाैँ, ३ वैशाख। लगानीकर्ताले शेयर खरिद बिक्री गर्न अबदेखि ब्रोकर कार्यालय धाउनु नपर्ने भएको छ। ब्रोकर कम्पनीले सुरु गरेको सेमी अनलाइन सेवा मार्फत अब लगानीकर्ताले इन्टरनेटमार्फत शेयर खरिद-बिक्री आदेश दिन सक्नेछन् ।

Advertisement

आइतबार क्रिष्टल कन्चनजंघा सेक्युरिटीले सेमी अनलाइन सेवा सुरु गरेको छ। धितोपत्र बोर्डका अध्यक्ष रेवतबहादुर कार्कीले यो सेवाको शुभारम्भ गरे। अब लगानीकर्ताले इमेल, एसएमएस र मोवाइल एपबाट खरिद-बिक्री आदेश दिन सक्नेछन्।

लगानीकर्ताले सदस्य दलाल कम्पनीमा गएर ‘युजर नेम र पासवर्ड’ लिएर घरमै बसेर खरिदरबिक्री आदेश दिन सक्ने नेपाल स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष प्रियराज रेग्मीले बताए। खरीद-बिक्री आदेशसँगै एकाउन्ट स्टेटमेन्ट, बिल रिसिभ, खरिद-बिक्रीको सूचनासमेत लगानीकर्ताले प्राप्त गर्न सक्ने उनले बताए। तर लगानीकर्ताले दिएको खरिद बिक्री आदेश भने सोझै नेप्सेको सिस्टममा नजाने रेग्मीले बताए।

हाल विकास भएको प्रविधि ‘अर्डर म्यानेजमेन्ट सिस्टम’ रहेको र भबिस्यमा नेपाल स्टक एक्सचेन्ज ९नेप्से०ले बिस्तार गर्न लागेको पूर्ण स्वचालित अनलाइन प्रणालीलाई सघाउ हुने नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिहं साउदले बताए। साथै पूर्ण अनलाइनको ८० प्रतिशत काम सकिएको जानकारी दिँदै आउँदो नयाँ आर्थिक वर्षबाट लगानीकर्ताले अनलाइनमा कारोबार गर्न पाउने साउदले दाबी गरे।

बोर्डका निर्देशक निरज गिरिले लगानीकर्तालाई शेयर खरिद बिक्रि गर्न थप सहज भएको बताए।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!