काठमाडाैँ, ३ वैशाख। संयुक्त राष्ट्रसंघीय शान्ति मिसनअन्तर्गत खटिने फौजको बन्दोबस्तीका सामान खरिद पारदर्शी नहुँदा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल (एपीएफ) को करिब ४४ करोड रुपैयाँ गुमेको छ ।

Advertisement

कारोबार दैनिकका अनुसार प्रहरीको हाइटी र सुडान तथा सशस्त्र प्रहरीको दक्षिण सुडानमा तैनाथ फौजका लागि आर्थिक वर्ष ०७४/७५ मा समयमै बन्दोबस्तीका सामान खरिद नहुँदा प्रहरी र सशस्त्रका जनशक्तिले पारिश्रमिक र बन्दोबस्तीका सामान नकिन्दा डेप्रिसियलबापत पाउने करिब ४४ करोड रुपैयाँ नोक्सान भएको हो ।

राष्ट्रसंघले शान्ति मिसनमा तैनाथ जनशक्तिको मासिक पारिश्रमिक र बन्दोबस्तीका सामान खरिदको रकम भुक्तानी नगर्दा प्रहरीका क्रमशः उपेन्द्रकान्त अर्याल र प्रकाश अर्याल तथा सशस्त्रमा कोषराज वन्त र सिंहबहादुर श्रेष्ठ आईजीपी थिए । दुवै सुरक्षा निकायका प्रमुखले अहिले अवकाश पाइसकेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!