नयाँ वर्षको अवसरमा ‘नारायणगढ फुड फेस्टिबल’

नयाँ वर्षको अवसरमा ‘नारायणगढ फुड फेस्टिबल’

रत्ननगर, चितवन, ३० चैत । नयाँ वर्षको अवसर पारेर चितवनमा पहिलो पटक ‘नारायणगढ फुड फेस्टिबल’ आयोजना गरिएको छ । नारायणगढको क्याम्पाचौरमा बिहीबारदेखि शुरु भएको फुड फेस्टिबल (खाना महोत्सव) आगामी वैशाख ३ गतेसम्म जारी रहने महोत्सव संयोजक ज्ञानेन्द्रमान शाक्यले जानकारी दिनुभयो । अंग्रेजी नयाँ वर्ष व्यापक रुपमा मनाइने तर विक्रम संवत्को नयाँ वर्ष मनाउने क्रम हराउँदै गएको सन्दर्भमा नेपाली नयाँ वर्षका अवस...
‘सन् २०१८ मा विश्व ब्यापारदर ४.४ प्रतिशत रहने’

‘सन् २०१८ मा विश्व ब्यापारदर ४.४ प्रतिशत रहने’

जेनेभा, स्वीट्जरल्याण्ड, ३० चैत । विश्व व्यापार संगठन (डव्लुटिओ) ले बिहीबार एक तथ्याङ्क सार्वजनिक गर्दै सन् २०१८ मा विश्व व्यापार दर ४.४ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरेको छ । यो दरमा सन् २०१९ मा केही ह्रास आई चार प्रतिशत कायम हुने आँकलन गरेको छ । व्यापारमा निरन्तर वृद्धि देखिनुमा विश्व अर्थतन्त्रमा विकास र सरकारहरूको उचित व्यापार नीति जिम्मेवार मानिएको डव्लुटिओले आफ्नो बार्षिक प्रक्षेपण प...
सेनाको हेलिकप्टर खरिदमा पाँच करोडको अनियमितता

सेनाको हेलिकप्टर खरिदमा पाँच करोडको अनियमितता

काठमाडौं, ३० चैत। महालेखा परीक्षकको कार्यालयले नेपाली सेनाको हेलिकप्टर खरिदमा अनियमितता भएको सार्वजनिक गरेको छ। बिहीबार कार्यालयले राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएको ५५ औं वार्षिक प्रतिवेदनमा हेलिकप्टर खरिद गर्दा प्रतिष्पर्धा नगराएको, एजेन्ट भएर पनि लुकाइएको तथा मन्त्रिपरिषद्को निर्णय विपरित दुई हेलिकप्टर किन्न फरक(फरक कम्पनी रोजिएको भन्दै अनियमिता भएको देखाइएको हो। सेनाको प्रबन्ध तथा सम...
आयल निगम जग्गा खरिद प्रकरण : ६१ करोड राजस्व छली

आयल निगम जग्गा खरिद प्रकरण : ६१ करोड राजस्व छली

काठमाडौं, ३० चैत । नेपाल आयल निगमले इन्धन भण्डारणका लागि जग्गा खरिद गर्दा करिब सबा ६१ करोड रुपैयाँ राजस्व छली गरेको र १७ गुणा महँगो मूल्य तिरेर अनियमितता गरेको महालेखा परीक्षकको कार्यालयले जनाएको छ। निगमले चितवन, रूपन्देही, झापा, सर्लाहीमा दुई अर्ब ३१ करोड रुपैयाँको ९१ बिघा जग्गा खरिद गर्दा ६१ करोड ३४ लाख रुपैयाँ आय कर छली गरेकाले छानबिन गरेर असुल गर्नुपर्ने ठहर महालेखाले गरेको छ।जग्गा खरिद कान...
ऊर्जामा अमेरिकाको १ खर्ब लगानी

ऊर्जामा अमेरिकाको १ खर्ब लगानी

काठमाडौं, ३० चैत। एक अमेरिकी लगानी कम्पनीले नेपालमा १ खर्ब ५ अर्ब रुपैयाँ लगानी गर्ने भएको छ । अमेरिकाको सिआइएम ग्रुपअन्तर्गतको स्काई पावर ग्लोबल कम्पनीले सौर्य ऊर्जामा सो लगानी गर्ने प्रस्ताव गरेको ऊर्जामन्त्री वर्षमान पुनले जानकारी दिए । ‘स्काई पावरले ३ देखि ४ वर्षभित्र १ अर्ब अमेरिकी डलर लगानी गरेर ६ सय मेगावाट विद्युत् उत्पादन गर्ने प्रस्ताव गरेको छ,’ उनले भने, ‘उनीहरूको लगानी प्रस्तावलाई स...
प्रमसँग एडिबीका उपाध्यक्ष भेट

प्रमसँग एडिबीका उपाध्यक्ष भेट

काठमाडौँ, ३० चैत । प्रधानमन्त्री केपी शर्मा ओलीसँग एसियाली विकास बैंकका उपाध्यक्ष वेन्चाइ झाङले भेट गर्नुभएको छ । दुईदिने नेपाल भ्रमणका आउनुभएका झाङले बालुवाटारस्थित प्रधानमन्त्री निवासमा  भेट गर्नुभएको हो । उपाध्यक्ष झाङले अहिले नेपाल संघीय संरचनामा प्रवेश गरेको र संघीय संरचना विकासको संक्रमणकालीन अवस्थामा रहेकाले यस अवस्थालाई सफलतापूर्वक अगाडि डोहो¥याउन सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्...
१ नं प्रदेशमा एक अर्बको बजेट प्रस्तुत

१ नं प्रदेशमा एक अर्बको बजेट प्रस्तुत

विराटनगर, २९ चैत । प्रदेश नं १ को आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले आज प्रदेशसभाको बैठकमा चालु आवकोे तीन महिनाका लागि रु एक अर्ब दुई करोड पाँच लाखको बजेट प्रस्तुत गर्नुभयो । सो बजेटमा चालु खर्च रु ५४ करोड ३४ लाख र पूँजीगत खर्चतर्फ रु ४७ करोड ७१ लाख बजेट विनियोजन गरिएको छ । सङ्घीय सरकारको अनुदानमा प्रदेश सरकारले आज प्रदेश सभामा प्रस्तुत गरिएको विनियोजित बजेटमा चालु आवका साथै प्...
साढे आठ अर्ब खर्चिएपछि खुल्यो मेलम्चीको सुरुङ

साढे आठ अर्ब खर्चिएपछि खुल्यो मेलम्चीको सुरुङ

काठमाडौं, २९ चैत ।  मेलम्ची खानेपानी आयोजनाको सुरुङ खन्ने काम सकिएको छ । अन्तिम खण्ड सिन्धु-ग्यालथुङको औपचारिक ब्रेक थ्रु बिहीबार भएको छ । उपराष्ट्रपति नन्दकिशोर पुनले सुरुङको औपचारिक ब्रेक थ्रु गरे । उनी काउलेको सिन्धु अडिटबाट प्रवेश गरेर ब्रेक-थ्रु गर्न गएको टोली औपचारिक उद्घाटनपछि ग्यालथुङमा पुगेको थियो । ७.५ किलोमिटर लामो अन्तिम सुरुङको प्राविधिक ब्रेक-थ्रु भने सोमबार नै भएको थियो । अब साढे...
राष्ट्रिय पूँजीको विकासमा जोड दिदैं इलाम घोषणापत्र जारी

राष्ट्रिय पूँजीको विकासमा जोड दिदैं इलाम घोषणापत्र जारी

चमैयाचित्रे (इलाम), २९ चैत । प्रगतिशील लेखक सङ्घको तेस्रो राष्ट्रिय परिषद् बैठकले राष्ट्र, राष्ट्रियता, जनजीविकाका सवाललाई केन्द्रित गरी राष्ट्रिय पूँजीको विकास गर्नुपर्ने लगायत १५ बुँदे इलाम घोषणापत्र २०७४ जारी गरेको छ । निर्वाचनमा वाम दलहरुले गरेको प्रतिबद्धता बमोजिम राष्ट्रिय पूँजीको विकासमार्फत् स्वदेशमै रोजगार सिर्जना गरी स्वाधिन अर्थतन्त्रमार्फत् जनताको मौलिक संस्कृति र सम्पदाको संरक्षण गर्...
रोगले कुखुरा मर्दा रु ६० लाखको क्षति

रोगले कुखुरा मर्दा रु ६० लाखको क्षति

रत्ननगर, चितवन, २८ चैत। रोगले कुखुरा मर्दा चितवनको दुई वटा खोर नै रित्तिएको छ । रोग लागेर पूर्वी चितवनको रत्ननगर र खैरहनी नगरपालिकामा सञ्चालित कुखुरा फार्मका दुई वटा खोर रित्तिएका हुन् । रत्ननगर–१५ स्थित लामिछाने पोल्ट्री फार्मका पाँच हजार १०० कुखुरा मरेका छन् । त्यहाँको कुखुरा एच ९ लो प्याथोजनिक संक्रमणले मरेको जिल्ला पशुसेवा कार्यालय चितवनका सूचना अधिकारी डा शिखा तिवारीले जानकारी दिनुभयो । ...
प्रदेशसभा सदस्यलाई मासिक ४५ हजार तलब प्रस्ताव

प्रदेशसभा सदस्यलाई मासिक ४५ हजार तलब प्रस्ताव

काठमाडौँ, २७ चैत । कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले प्रदेश तहलाई आवश्यक थप दुई नमूना कानून पठाएको छ । मन्त्रालयका सहप्रवक्ता हुमबहादुर केसीले प्रदेशसभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक तथा सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेशसभाका सचिवालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सात वटै प्रदेशलाई पठाइएको जानकारी दिनुभयो । यसअघि मन्त्रालयले प्रदेशका सार्वजनिक लिखत प्रमाण...
श्वेतपत्र मार्फत प्रदेश नं ७ को अवस्था सार्वजनिक

श्वेतपत्र मार्फत प्रदेश नं ७ को अवस्था सार्वजनिक

धनगढी, २७ चैत । प्रदेश नं ७ को सरकारले भारत चीनसँग जोडिएका भन्सार नाकाको स्तरोन्नति गर्दै सहज एवं सरल रुपमा व्यापार व्यवसाय अभिवृद्धि गराउने उद्देश्यसहितको श्वेतपत्र जारी गरेको छ । आइतबार बसेको प्रदेशसभा बैठकमा प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराले जारी गर्नुभएको श्वेतपत्रको आगामी कार्यदिशामा प्रदेशमा आधुनिक अस्पताल र मेडिकल कलेजको स्थापना गर्दै गुणस्तरीय सेवा प्रदान गर्...
बम बिस्फोटबाट घाईते कार्कीको उपचारमा नोबेल अस्पताल सञ्चालक डा.शर्माद्वारा एक लाख सहयोग

बम बिस्फोटबाट घाईते कार्कीको उपचारमा नोबेल अस्पताल सञ्चालक डा.शर्माद्वारा एक लाख सहयोग

विराटनगर, २७ चैत । विराटनगर स्थित नोबेल शिक्षण अस्पताल सञ्चालक डा.शुनिल शर्माले नेपाली कांग्रेस उदयपुरका निवर्तमान सभापति नारायण कार्कीको उपचारका लागि एक लाख आर्थिक सहयोग गरेका छन् । गत मंसिरमा प्रतिनिधिसभा निर्वाचनका क्रममा बम बिस्फोटमा परी गंभीर घाईते भई उपचाररत कार्कीका लागि नोबेल अस्पताल सञ्चालक डा.शर्माले सहयोग गरेका हुन् । नोबेल अस्पतालमा आज कार्यक्रम गरी कांग्रेस मोरङका सभापति डिगबह...
पाँच करोडको इँटा नष्ट

पाँच करोडको इँटा नष्ट

भक्तपुर, २७ चैत । एक सातायता परेको असिना पानीका कारण जिल्लामा  पाँच करोड बराबरको काँचो इँटा नष्ट भएको छ । जिल्लाका ६२ वटा इँटा भट्टामा रहेको काँचो इँटा असिना पानीका कारण नष्ट भएको भक्तपुर इँटा व्यवसायी संघका अध्यक्ष नातिभाइ ह्याम्बाले जानकारी दिनुभयो । अधिकांश इँटा भट्टामा तयारी अवस्थामा रहेका करिब १० लाख काँचो इँटा नष्ट भएको छ । अहिले उहाँले काँचो इँटा उत्पादनदेखि इँटा पोल्ने कामसमेत रोकिएको उह...
मध्य कालीगण्डकी जलविद्युत् आयोजना निर्माणको तयारी

मध्य कालीगण्डकी जलविद्युत् आयोजना निर्माणको तयारी

बाबियाचौर, म्याग्दी, २७ चैत ।  म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा ५३ मेगावाट क्षमताको मध्य कालीगण्डकी जलविद्युत् आयोजना निर्माणको तयारी भएको छ । हाइड्रो सपोर्ट प्रालि काठमाडौँले कालीगण्डकी नदीमा आयोजना निर्माणका लागि वातावरणीय प्रभाव मूल्यांकन कार्यलाई अन्तिम चरणमा पु¥याएको छ । वातावरणीय प्रभाव मूल्यांकनको प्रतिवेदन तयार पार्नका लागि आयोजनाले सोमबार अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानीमा सार्वज...
तेस्रो गुल्मी महोत्सव सम्पन्न, एक लाख दर्शकद्वारा अवलोकन

तेस्रो गुल्मी महोत्सव सम्पन्न, एक लाख दर्शकद्वारा अवलोकन

गुल्मी, २७ चैत । कृषि, पर्यटन र उद्योगको व्यापार प्रर्वद्धन गर्ने उद्देश्यले आयोजना गरिएको तेस्रो गुल्मी महोत्सव सम्पन्न भएको छ । उद्योग वाणिज्य संघ गुल्मीको आयोजनामा ‘गुल्मी जिल्लाको सम्पन्नता र समृद्धिको निकास शिक्षा स्वास्थ्य, कृषि, पर्यटनमा आधारित व्यापारको विकास’ भन्ने नाराका साथ १६ गतेबाट महोत्सव शुरु भएकोे थियो । सदरमुकाम तम्घासमा सम्पन्न महोत्सवमा गुल्मीमा उत्पादित विभिन्न कृषिजन्य साम...
वैशाखदेखि उद्योग पनि लोडसेडिङमुक्त

वैशाखदेखि उद्योग पनि लोडसेडिङमुक्त

काठमाडौँ, २७ चैत । नेपाल विद्युत्त प्राधिकरणले वैशाखदेखि उद्योगसहित पूर्ण रुपमा लोडसेडिङ अन्त्य गर्ने भएको छ । कारोबार दैनिकका अनुसार, डेढ वर्षदेखि काठमाडौं उपत्यका र एक वर्षदेखि मुलुकभर सर्वसाधारणका लागि लोडसेडिङमुक्त बनाएको प्राधिकरणले वैशाख अन्तिम सातादेखि उद्योगलाई पनि लोडसेडिङमुक्त बनाउन लागेको हो । भारप्रेषण केन्द्रका प्रमुख विष्णु श्रेष्ठले कारोबारलाई बताए अनुसार, हाल बिहान जगदम्बा र बे...
सुरु भयो असारे विकास, हतारमा अर्बौं खर्चिंदै

सुरु भयो असारे विकास, हतारमा अर्बौं खर्चिंदै

काठमाडौँ, २७ चैत। करोडौं बजेटका सरकारी आयोजनाले बजेट हतारमा सकाउन ‘असारे विकास’ को रिहर्सल सुरु गरेका छन्। देशभर विभिन्न मन्त्रालयअन्तर्गतका सिँचाइ, सडक, पुल, खानेपानी, मर्मत सम्भारलगायत निर्माण कार्य हतार–हतार सुरु गर्न गृहकार्य थालिएको छ। आर्थिक वर्ष ०७४/७५ को सुरुदेखि नै थालनी गर्नुपर्ने विकास आयोजना अन्तिम समयमा तयारी गर्ने परम्परा यसपटक पनि सुरु भएको छ। विभिन्न स्थानीय तहले पनि आफ्नो क्षेत्र...
भूमाफियाद्वारा अख्तियारको निर्णय किर्ते

भूमाफियाद्वारा अख्तियारको निर्णय किर्ते

काठमाडौँ, २७ चैत। भूमाफिया र बिचौलियाको मिलेमतोमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नाममा नक्कली निर्णय र चिठी तयार भएको तथ्य फेला परेको छ। गोप्य रूपमा तयार पारिएका त्यस्ता नक्कली लेटरप्याड, छाप र हस्ताक्षरसहितका निर्णय र चिठी कब्जामा लिएर अख्तियारले प्रहरीको जिम्मा लगाएपछि बिचौलिया गिरोहको रहस्य खुलेको हो। राजधानीको केन्द्रमा रहेका बहुमूल्य जग्गा कब्जामा लिने प्रयोजनका लागि अख्तियारका फर्जी न...
कांग्रेसले भन्योः सरकारले श्वेतपत्र होइन, लालपत्र ल्यायो

कांग्रेसले भन्योः सरकारले श्वेतपत्र होइन, लालपत्र ल्यायो

काठमाडौं, २६ चैत । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले सरकारले ल्याएको श्वेतपत्रलाई ‘लालपत्र’को संज्ञा दिएको छ । सोमबार पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरेर कांग्रेसले श्वेतपत्रबारे आफ्नो धारणा सार्वजनिक गरेको छ । प्रवक्ता विश्वप्रकाश शर्माले अर्थतन्त्रलाई नकारात्मक देखाउन सरकारले आफ्नो अनुकुल तथ्यहरुलाई समेटेर सरकारले श्वेतपत्र ल्याएको बताए । तथ्यको अतिरन्जनापूर्ण व्याख्या गरेर शून्यबाट समृ...
मन्त्री यादवसँग चिनियाँ प्रतिनिधिमण्डलको भेट

मन्त्री यादवसँग चिनियाँ प्रतिनिधिमण्डलको भेट

काठमाडौँ, २६ चैत । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवसँग नेपाल भ्रमणमा रहेको स्टेट एड्मिनिष्ट्रेसन ट्रेड एण्ड कमर्सका उपमन्त्री गान लिन नेतृत्वको प्रतिनिधिमण्डलले भेट गरेको छ । सिंहदरबारस्थित मन्त्री यादवको सचिवालयमा आज भएको भेटवार्तामा मन्त्री यादव र प्रतिनिधिमण्डलबीच उपभोक्ता हित तथा अधिकारका विषयमा छलफल भएको मन्त्रीका स्वकीय सचिव सन्तोष विष्टले जानकारी दिनुभयो । उहाँका अनुसार...
नेपाल भियतनाम एक्स्पोमा सहभागी हुने

नेपाल भियतनाम एक्स्पोमा सहभागी हुने

काठमाडौँ, २६ चैत । नेपाल यही चैत २८ गतेदेखि आगामी वैशाख १ गतेसम्म भियतनामा हुने २८ औँ भियतनाम इन्टरनेशनल ट्रेड फेयर भियतनाम एक्स्पो मा सहभागी हुने भएको छ । उक्त एक्स्पोमा नेपालका तर्फबाट लुम्बिनी हाउस, मण्डला हाउस, यलँं ह्याण्डिक्राफ्ट, पायोनिर आर्ट इन्टरप्राइजेज, लपिस थान्का ग्यालरीलगायत संस्थाले स्वदेशी वस्तु प्रवद्र्धनका लागि कक्ष राख्ने छन् । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेश काजी श...
सिस्नु बिक्री गरेर लाखौँको आम्दानी

सिस्नु बिक्री गरेर लाखौँको आम्दानी

गाईघाट, २५ चैत । पहाडी गाउँ रौताका केही महिलाले वर्षेनी सिस्नु बिक्री गरेर लाखौँ रुपैयाँ आम्दानी गर्ने गरेका छन् । यस पटक पनि पुसदेखि हालसम्ममा रौता मलबाँसेकी ६३ वर्षीया रत्नमाया मगरले सिस्नु बिक्रीबाट लाखौँ रुपैयाँ आम्दानी गरेकी छिन् । आफूले हप्तामा तीन पटकसम्म सदरमुकाम गाईघाट झरेर रौता क्षेत्रको सिस्नु बिक्री गर्ने गरेको मगर बताउँछिन् । रौताको सिस्नु स्थानीय सामान्य होटलदेखि ठूला होटलमा पनि म...
सुनचाँदी कारोबारबाट वार्षिक आठ अर्ब राजश्व संकलन

सुनचाँदी कारोबारबाट वार्षिक आठ अर्ब राजश्व संकलन

काठमाडौँ, २५ चैत ।  सुनचाँदी कारोबारबाट मुलुकको राजश्वमा वार्षिक आठ अर्ब योगदान हुने गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले पाँचौँ वार्षिक साधारण सभाको पूर्वसन्ध्यामा आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा वार्षिक रु ५० अर्बको कारोबार हुने र रु आठ अर्ब राजश्व संकलन हुने जानकारी दिइयो । महासंघका अध्यक्ष मोहनकुमार सुुनारले महँगो भन्सारका कारण सुुनचाँदी व्यवसायमा समस्या परेको बताउनुभयो । ...
उद्योग र व्यवसायका क्षेत्रमा सुरक्षा दिन सरकार प्रतिबद्ध

उद्योग र व्यवसायका क्षेत्रमा सुरक्षा दिन सरकार प्रतिबद्ध

चितवन, २५ चैत। गृहमन्त्री रामबहादुर थापाले उद्योग र व्यावसायिक क्षेत्रमा सुरक्षा दिन गृहमन्त्रालय प्रतिबद्ध भएको बताउनुभएको छ । चितवन उद्योग संघले आज यहाँ आयोजना गरेको गृहमन्त्री र उद्यमीबीच छलफल तथा अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले राजनीतिक आवरणमा हुने चन्दा आतंक सरकारले रोक्छ भन्नुभयो । विकास र समृद्धिका लागि सुशासन अपरिहार्य छ भन्दै गृहमन्त्री थापाले कर्मचारी प्रशासनमा हुने भ...
घारखोला जलविद्युत्को निर्माण कार्य शुरु

घारखोला जलविद्युत्को निर्माण कार्य शुरु

म्याग्दी, २५ चैत । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारमा १४ मेगावाट क्षमताको घारखोला जलविद्युत् आयोजनाको निर्माण शुरु भएको छ । म्याग्दी हाइड्रोपावर प्रालिद्वारा निर्माण हुन लागेको यस आयोजनाले पहुँचमार्ग विस्तारको काम सकेर बाँधस्थलदेखि सुरुङ खन्ने तयारी गरेको हो । घारको विरौटादेखि करीव तीन किलोमिटर पहुँचमार्ग (सडक) खनेको आयोजनाले सडकको स्तरोन्नतिको कामसँगै निर्माण पूर्वका तयारीलाई तीव्रता...
प्रदेश १ मा ६५२ मेगावाट विद्युत उत्पादनको काम जारी, सम्भावना १० हजार मेगावाटको

प्रदेश १ मा ६५२ मेगावाट विद्युत उत्पादनको काम जारी, सम्भावना १० हजार मेगावाटको

विराटनगर, २५ चैत । प्रदेश १ मा आगामी तीन वर्षभित्र ६ सय ५२ मेगावाट विद्युत् उत्पादनको काम अघि बढाइएको छ । तर प्रदेश १ मा १० हजार मेगावाट विद्युत उत्पादनको सम्भावना रहेको जानकारहरु बताउँछन् । प्रदेश १ लाई कसरी अरु प्रदेशभन्दा अब्बल बनाउने भन्ने योजनामा सरकार जुटेको छ । कृषि, औद्योगिक, पर्यटनलगायतका क्षेत्रसँगै  उर्जालाई पनि उत्तिकै प्राथमिकता दिइएको छ । तीन वर्षमा ६ सय ५२ मेगावाट विद्युत् उत्पा...
श्वेतपत्र कपोलकल्पित: सभापति देउवा

श्वेतपत्र कपोलकल्पित: सभापति देउवा

काठमाडौँ, २३ चैत । नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सरकारले संसद्मार्फत जारी गरेको अर्थतन्त्रसम्बन्धी श्वेतपत्रमा कपोलकल्पित र भ्रामक तथ्य रहेको बताउनुभएको छ । नेपाल सार्वजनिक सेवा कर्मचारी संघको छैटौँ राष्ट्रिय महाधिवेशनको आज यहाँ उद्घाटन गर्दै सभापति देउवाले भन्नुभयो, “विसं २०६२/६३ को गणतान्त्रिक आन्दोलनपछि बनेका सरकारको नेतृत्व बढी समय वामपन्थीबाट ...
नेपाली अर्थतन्त्रलाई काँग्रेसले बिगारेको होइन : नेता सिंह

नेपाली अर्थतन्त्रलाई काँग्रेसले बिगारेको होइन : नेता सिंह

काठमाडौँ, २३ चैत । नेपाली काँग्रेसका नेता प्रकाशमान सिँहले नेपाली काँग्रेसले देशको अर्थतन्त्र नबिगारेको बताएका छन् । नेपाल वित्तीय संस्था कर्मचारी संघको आठौँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै पूर्व उपप्रधानमन्त्रीसमेत रहेका नेता सिँहले काँग्रेसले आफ्नो सोच र काम गर्ने शैलीमा परिवर्तन ल्याए आगामी चुनावमा नेतृत्वमा आउन सक्ने बताए । उनले संविधान निर्माणदेखि त्यसको कार्यान्वयनका लागि काँग्रे...
भक्तपुरमा वृहत औद्योगिक मेला शुरु

भक्तपुरमा वृहत औद्योगिक मेला शुरु

भक्तपुर, २३ चैत । नयाँवर्षको अवसरमा भक्तपुरमा वृहत औद्योगिक मेला आजबाट शुरु भएको छ । औद्योगिक शान्ति नेपाल संस्था र मध्यपुर ब्वाइज ब्याण्डले आयोजना गरेको “चौँथौ भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन तथा व्यापार मेला २०७४/७५” को प्रदेश नं ३ का प्रदेश सदस्य हरिशरण लामिछानेले मेलाको आज उद्घाटन गर्नुभएको छ । भक्तपुरको सल्लाघारीस्थित नेपाल ट्रष्टको नाममा रहेको ९९ रोपनी चौरमा शुरु भएको ११ दिने मे...
श्वेतपत्रमा गलत आँकडा देखाएर भ्रम छरिएको छ: नेता पौडेल

श्वेतपत्रमा गलत आँकडा देखाएर भ्रम छरिएको छ: नेता पौडेल

दमौली तनहुँ, २२ चैत । नेपाली कांग्रेसको वरिष्ठ नेता रामचन्द्र पौडेलले अर्थमन्त्रीले संसद्मा पेश गरेको श्वेतपत्रमा अर्थतन्त्रको गलत आँकडा देखाएर जनतामा भ्रम छरेको आरोप लगाउनुभएको छ । घिरिङ गाउँपालिका–२ मा आज आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले २०४८ सालपछि कमजोर अर्थतन्त्रलाई कांग्रेसले अहिलेको अवस्थामा ल्याएको जिकिरसमेत गर्नुभयो । जनतालाई विभिन्न आश्वासन बाँडेर...
error: Content is protected !!