काठमाडाैं, २० जेठ । अन्तर्राष्ट्रिय बजारमा ईन्धनको मुल्यबृद्धि भएपछि नेपाल आयल निगमले पनि पेट्रोलियम पदार्थको मुल्य बढाएको छ ।
ईन्डियन आयल कर्पोरेसन आइओसी बाट मुल्य बढेर आएपछि निगमले पेट्रोल, डिजेल मटीतेल र हवाई ईन्धनको मुल्य बढाएको हो ।
निगमले एक महिना अवधिमा समायोजन भन्दै दुईपटक मुल्य बढाएको छ ।
पेट्रोल, डिजेल, मटीतेलमा प्रतिलिटर तीन तीन रुपैयाँ तथा हवाई ईन्धन आन्तरिकतर्फ प्रतिलिटरमा पाँच रुपैयाँ र अन्तर्राष्टियतर्फ प्रतिकेएलमा ७५ डलर मुल्य बढाईएको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए ।