सातै प्रदेशले आज बजेट ल्याउँदै
काठमाडौँ, १ असार । आर्थिक वर्ष ०७५/७६ का लागि आज (शुक्रबार) सबै प्रदेश सरकारले बजेट ल्याउँदै छन् । मुलुक संघीय संरचनामा गएसँगै सातै प्रदेशका सभा बैठकमा पहिलोपटक बजेट पेश गर्न लागिएको हो।
संघीय सरकारले कुल बजेटको १३।९८ प्रतिशत प्रदेश सरकारलाई पठाएको छ। संघीय सरकारले पठाएको बजेट र आन्तरिक स्रोतलाई आधार मानी प्रदेश सरकारले बजेट ल्याउने व्यवस्था गरिएको छ। आगामी वर्षको नीति तथा कार्यक्रम सबै प्रदेश ...






























