काठमाडौँ, २३ जेठ । नेपाल आयल निगमले इन्धनको मूल्य उच्च हुँदा उपभोक्तालाई भार नपार्न भन्दै विगतमा जम्मा गरेको रकम लुकाएर लगातार मूल्यवृद्धि गरिरहेको पाइएको छ ।

Advertisement

विगतमा निगमको नाफा उच्च हुँदा उपभोक्तालाई राहत दिन जम्मा गरिएको मूल्य स्थिरीकरण कोषको थन्काएर इन्धनमा लगातार मूल्य बढाइएको हो ।

केपी ओली नेतृत्वमा सरकार गठन भएयता मुलुकमा पेट्रोलियम पदार्थको मूल्य ५ पटक बढिसकेको छ । तर, इन्धनको मूल्य लगातार वृद्धि हुँदा व्यवस्थापन गरिने रकम प्रयोग नगरि निगमले लगातार इन्धनको मूल्य बढाएको हो ।

कोषमा अहिले ४ अर्ब रुपैयाँ संकलन भएको छ । जुन रकम प्रयोग नगरी इन्धनमा मूल्य बढाउदा त्यसको प्रतक्ष्य मार उपभोक्तामा परेको छ ।

अन्तराष्ट्रिय बजारमा इन्धनको मूल्य लगातार बढ्दै जाँदा उपभोक्तालाई राहत दिने उदेश्यका साथ २०७१ सालदेखि मूल्य स्थिरीकरण कोष खडा गरी उपभोक्ताबाट रकम संकलन गरिँदै आएको छ ।

आजको कारोबारमा यो समाचार छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!