काठमाडौँ, ३ असार । पछिल्ला वर्षमा ३ अर्बको औसतमा लगानी आइरहेकोमा यस वर्ष १० महिनामै ४३ अर्ब लगानी आएको छ ।
उद्योग, जलविद्युत्त, होटेललगायत क्षेत्रमा चिनियाँ लगानी आशय, लगानी प्रतिबद्धता र वास्तविक लगानी बढ्दै गएको छ ।
उद्योग विभागका अनुसार हालसम्म नेपालमा २ खर्ब ६२ अर्ब ८१ करोड रुपैयाँ लगानी प्रतिबद्धता आएको छ । यसमध्ये करिब ४० प्रतिशत लगानी हिस्सा चीनको छ । नयाँ पत्रिका दैनिकमा समाचार छ ।