काठमाडौँ, ३१ जेठ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक विकासका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलन आगामी भदौ १४ र १५ गते यहाँ आयोजना हुने भएको छ ।

Advertisement

बिम्स्टेकको अध्यक्ष मुलुक नेपालले केही साताअघि शिखर सम्मेलनका लागि प्रस्ताव गरेको उक्त मिति सदस्य राष्ट्रले अनुमोदन गरेका हुन् ।

परराष्ट्र मन्त्रालयमा आज अपराह्न आयोजित नियमित पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले भन्नुभयो, “शिखर बैठकका निम्ति नेपालले प्रस्ताव गरेको मितिप्रति सदस्य देशले सहमति जनाएका छन् ।”

सदस्य राष्ट्रका सरकार प्रमुख वा राष्ट्राध्यक्ष शिखर बैठकमा सहभागी हुनेछन् । सन् १९९७ मा स्थापना भएको उपक्षेत्रीय संगठन (बिम्स्टेक) मा नेपाल, भारत, बंगलादेश, भूटान, म्यान्मा, थाइल्याण्ड र श्रीलंका सदस्य छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!