विष्फोटन पदार्थ उत्पादनमा नेपाल आत्मनिर्भर बन्दै
सुनचरी, २५ पुस । अति संवेदनशील विष्फोटन पदार्थ (इमल्सन) उत्पादनमा नेपाल आत्मनिर्भर हुने भएको छ । विकासका ठूला परियोजनालाई अति आवश्यक पर्ने इमल्सनलाई विशेष गरी ठूला जलविद्युत् आयोजनाका सुरुङ मार्ग तथा हिमाली तथा पहाडी भेगमा अत्यन्त कठिन सडक निर्माणमा चट्टानका भिर फोर्नेलगायतका काममा उपयोग गरिन्छ ।
नेपाली सेना र उद्योग मन्त्रालयको संयुक्त सहकार्यमा मकवानपुरस्थित सुनचरीमा स्थापित नेपालको पहिलो इमल...































