अन्नपूर्ण क्षेत्रका सडक स्तरोन्नति गरिँदै
पोखरा, १ माघ । कास्कीको अन्नपूर्ण गाउँपालिकाले गाउँपालिका क्षेत्र भित्रका सडक स्तरोन्नति गर्न थालिएको छ ।
चालु आर्थिक वर्षमा गाउँपालिकाका सबै सडक स्तरोन्नतिका लागि बजेट समेत विनियोजन गरिएकाले अहिले सडक स्तरोन्नति गर्न थालिएको गाउँपालिकाका अध्यक्ष युवराज कुँवरले बताउनुभयो ।
नयाँ पुल–घान्द्रुक सडकका लागि गण्डकी प्रदेश सरकारले रु दुई करोड १० लाख बजेट उपलब्ध गराएको र अन्य अधिकांश सडकका लागि गाउँपा...






























