एक्काइस कम्पनीको तीन अर्बको शेयर बिक्रीको तयारी

एक्काइस कम्पनीको तीन अर्बको शेयर बिक्रीको तयारी

काठमाडौँ, २६ कत्तिक । विभिन्न २१ कम्पनीको रु तीन अर्ब १२ करोड ४१ लाख ५७ हजार १०० मूल्य बराबरको साधारण शेयर (आइपिओ) बिक्रीको तयारी भइरहेको छ । नेपाल धितोपत्र बोर्डकाअनुसार ती कम्पनीले शेयर बिक्रीका लागि आवेदन दिएका हुन् । आवेदन दिएका कम्पनीको आर्थिक अवस्था तथा अन्य कागजात मगाएर अध्ययन भइरहेको बोर्डले जनाएको छ । आवेदन दिएकामध्ये १५ कम्पनी जलविद्युत्सँग सम्बन्धित, पाँच माइक्रोफाइनान्स कम्पनी र एक ...
एक अर्ब ८८ करोडको आइपिओ बिक्रीलाई अनुमति

एक अर्ब ८८ करोडको आइपिओ बिक्रीलाई अनुमति

काठमाडौँ, २० कात्तिक । नेपाल धितोपत्र बोर्डले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा रु एक अर्ब ८८ करोड रकम बराबरको साधारण शेयर (आइपिओ) बिक्रीका लागि अनुमति दिएको छ । बोर्डले आफ्नो पछिल्लो विवरण सार्वजनिक गर्दै तीन जलविद्युत् कम्पनी र एक लघुवित्त संस्थालाई साधारण शेयर बिक्रीका लागि अनुमति दिएको जनाएको हो । चालू आवको हालसम्म २५ वटा सङ्गठित संस्थाले साधारण शेयर बिक्रीको अनुमतिका लागि बोर्डमा आवेदन दि...
शेयर बजार पूर्ण स्वचालित अनलाइन प्रणालीमा

शेयर बजार पूर्ण स्वचालित अनलाइन प्रणालीमा

काठमाडौँ, २० कात्तिक । घर, कार्यालय वा इन्टरनेटको पहुँच पुगेका जुनसुकै स्थानबाट पनि अब सहज रुपमा धितोपत्र कारोवार गर्न सकिने भएको छ । नेपाल स्टक एक्सचेञ्जले आजदेखि पूर्ण स्वचालित अनलाइन कारोवार प्रणाली सञ्चालनमा ल्याएको हो । अर्थमन्त्री डा युवराज खतिवडाले आज  आयोजित कार्यक्रममा पूर्ण स्वचालित अनलाइन कारोवार प्रणालीको शुभारम्भ गरे। शेयर कारोवार गर्न चाहने लगानीकर्ताले धितोपत्र दलाल व्यवसायीकहाँ...
दश हजार मेगावाटभन्दा बढी क्षमताका आयोजनालाई सर्वेक्षण अनुमति

दश हजार मेगावाटभन्दा बढी क्षमताका आयोजनालाई सर्वेक्षण अनुमति

काठमाडौँ, १९ कात्तिक । सरकारले हालसम्म २४ हजार ६५६ मेगावाट क्षमताका जलविद्युत् आयोजनाहरुका लागि सर्वेक्षण अनुमति दिएको छ । सर्वेक्षण अनुमति पाएका ती आयोजनाको क्षमता आगामी दश वर्षमा उत्पादन गर्ने भनेर निर्धारण गरिएको लक्ष्यभन्दा करीब दश हजार मेगावाट बढी हो । सरकारले आगामी दश वर्षमा १५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको छ । सर्वेक्षणको अनुमतिपत्र दिएका एक मय मेगावाट क्षमताभन्दा मा...
अलैंचीमा रोग लागेपछि भोजपुरका किसान निराश

अलैंचीमा रोग लागेपछि भोजपुरका किसान निराश

भोजपुर, १९ कात्तिक । आम्दानीको मूख्य स्रोतको रुपमा रहेको अलैँचीमा रोग लागेपछि कृषक निराश बनेका छन् । गाना कुहिने, पात डढ्ने र फल नलाग्दा अलैंँची खेती सखाप भएको छ । विगतमा पर्याप्त आम्दानी भएपछि खेतबारी मासेर समेत कृषकले अलैँंची खेती गरेका हुन् । केही वर्षयता रोगले अलैँची उत्पादनमा ह्रास आएको छ । अलैँचीमा रोग लागेपछि कतिपय कृषकले खेती गर्न छाडेका छन् । अर्लैँचीमा देखिएको रोग निदान गर्न सरकारले ...
धनकुटा साँगुरिगढीका कृषक व्यवशायिक उखु खेतितर्फ आकर्षित

धनकुटा साँगुरिगढीका कृषक व्यवशायिक उखु खेतितर्फ आकर्षित

साँगुरिगढी, १९ कात्तिक । धनकुटा साँगुरिगढी ७ का किसान व्यवसायिक उखु खेति तर्फ आकर्षित भएका छन् । धान खेति छाडेर स्थानीय कृषकले एक हेक्टर क्षेत्रफल बढि खेतबारीमा उखु खेति विस्तार गरेका छन्। यहाँ बाट वार्षिक १५ लाख भन्दा बढि मूल्य बराबरको उखुको लाक्रा धनकुटाको विभिन्न हाटबजार तथा धरान , इटहरी लगायतका स्थानमा बिक्रि गर्ने गरिएको किसान भिमकुमारी राईले बताइन् । अहिले उखु प्रति लाक्रा २५ रुपैयाँदेखि ...
नारायणहिटी संग्राहलयको शुल्क बढाउने तयारी

नारायणहिटी संग्राहलयको शुल्क बढाउने तयारी

काठमाडौँ, १९ कात्तिक । संग्रहालय स्थापना भएको एक दशक पछि नारायणहिटी संग्रहालयले प्रवेश शुल्क बढाउने तयारी गरेको छ । पुरातत्व विभाग मातहतमा रहेको संग्रहालयले शुल्क बढाउने प्रस्ताव संस्कृति पर्यटन तथा मन्त्रालयमा पेश गरेको छ । करिब तीन साता अघि बसेको बैठकले शुल्क बढाउने प्रस्ताव गरेको हो । सो प्रस्ताव पुरातत्व विभाग हुदै संस्कृति,पर्यटन तथा नागरिक उड्यन मन्त्रालयमा पेश भएको छ । प्रस्तावित नया शुल...
खाँदबारीमा कर कार्यालय

खाँदबारीमा कर कार्यालय

सङ्खुवासभा । अर्थमन्त्री युवराज खतिवडाले सङ्खुवासभाको सदरमुकाम खाँदबारीमा कर कार्यालय उद्घाटन गरेका छन् । पूर्वी पहाडी जिल्ला सङ्खुवासभाको खाँदाबारीमा  कार्यालय उद्घाटन गर्दै मन्त्री खतिवडाले जनतासँग दोहोरो कर नलिने नीति लिएको बताए । उनले व्यावसायिकरुपमा आयआर्जन गर्नसक्ने र आम्दानी हुनेसँग सरकारले कर लिनेहुँदा सर्वसाधारण जनतालाई करको त्रासमा नपर्न आग्रह गरे । नेपालकै चर्चित अरुण तेस्रो जलविद्य...
माथिल्लो तामाकोशीको शेयरमा चार अर्बको आवेदन

माथिल्लो तामाकोशीको शेयरमा चार अर्बको आवेदन

काठमाडौँ, १८ कात्तिक । निजी क्षेत्रका जलविद्युत् कम्पनीको साधारण शेयर बिक्न समस्या परिरहेका बेला माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको साधारण शेयरमा नागरिकको उल्लेख्य सहभागिता भएको छ । यही कात्तिक १५ गते बिहीबारदेखि बिक्री शुरु भएको सो कम्पनीको साधारण शेयरमा आज साँझसम्म करीब रु चार अर्ब बराबरको आवेदन परेको छ । माथिल्लो तामाकोशी आयोजनाका प्रवक्ता डा गणेश न्यौपानेका अनुसार आज साँझसम्म दुई लाख छ हज...
दुई खर्ब ६० अर्ब राजश्व सङ्कलन

दुई खर्ब ६० अर्ब राजश्व सङ्कलन

काठमाडौँ, १८ कात्तिक । सरकारले कूल लक्ष्यको २७ दशमलव ५७ प्रतिशत राजश्व सङ्कलन गरेको छ । चालू आर्थिक वर्ष २०७५/७६ को हालसम्म रु दुई खर्ब ६० अर्ब ६८ करोड २६ लाख बराबरको राजश्व सङ्कलन गरेको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार शनिबारसम्म सो परिमाणको राजश्व सङ्कलन भएको हो । सरकारले चालू आवमा रु नौ खर्ब ४५ अर्ब ५५ करोड राजश्व सङ्कलन गर्ने लक्ष्य राखेको छ । भन्सार विन्दुमा गरेको सुधार तथा आन्तरिक रा...
इरानमाथिको नाकाबन्दीले तेल बजारमा हलचल

इरानमाथिको नाकाबन्दीले तेल बजारमा हलचल

लन्डन, १८ कात्तिक । संयुक्तराज्य अमेरिकाले इरानी तेल आयातकर्तामाथि तेल खरिद नगर्न दिएको कडा चेतावनीपछि विश्वमै कच्चा तेलको बजारमा नयाँ तरङ्ग उत्पन्न भएको छ । विज्ञहरुले कच्चा तेलको मूल्यवृद्धि हुने अनुमान गरेका छन् । विश्वमै ठूलो तेल उत्पादक राष्ट्र साउदी अरेबियाले विश्व बजारलाई स्थिर राख्न पहल नगरे बजारमा तेलको मूल्यवृद्धि हुनेछ । इनर्जी आस्पेक्टमा आबद्ध विज्ञ रिकार्डो फाबियानीले अर्को साता स...
वीरगञ्ज भन्सार कार्यालयद्वारा लक्ष्यभन्दा पाँच अर्ब ४३ करोड बढी राजश्व सङ्कलन

वीरगञ्ज भन्सार कार्यालयद्वारा लक्ष्यभन्दा पाँच अर्ब ४३ करोड बढी राजश्व सङ्कलन

पर्सा, १८ कात्तिक । चालू आर्थिक वर्ष २०७५/७६ को तीन महीनामा वीरगञ्ज भन्सार कार्यालयले लक्ष्यभन्दा रु पाँच अर्ब ४३ करोड बढी राजश्व सङ्कलन गरेको छ । चालू आवको साउनदेखि असोजसम्मका लागि कार्यालयले रु ३७ अर्ब ७५ करोड ३२ लाख लक्ष्य पाएकामा रु ४३ अर्ब १९ करोड १७ लाख राजश्व सङ्कलन गर्न सफल भएको छ । सङ्कलित राजश्व लक्ष्यभन्दा १३ प्रतिशत बढी रहेको वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत गोपाल खत्र...
अबको कार्यभार नेपाली विशेषतासहितको समाजवादः नेता खनाल

अबको कार्यभार नेपाली विशेषतासहितको समाजवादः नेता खनाल

बलेवा, १७ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी नेकपा का नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपाली विशेषतासहितको समाजवाद निर्माणको काम थाल्नुपर्नेमा जोड दिएका छन । नेकपा बागलुङले आज बागलुङ बजारमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा उनले भने “नेपालको संविधान २०७२ ले नेपालमा समाजवादको कल्पना गरेकाले अबको कार्यभार नेपाली विशेषतासहितको समाजवाद निर्माण हुनुपर्छ ।” नेता खनालले...
रोजगार बोर्ड स्थापनाको एक दशकः ज्यान गुमाएका व्यक्तिका परिवारलाई डेढ अर्ब भुक्तानी

रोजगार बोर्ड स्थापनाको एक दशकः ज्यान गुमाएका व्यक्तिका परिवारलाई डेढ अर्ब भुक्तानी

काठमाडौँ, १७ कात्तिक । वैदेशिक रोजगारीलाई व्यवस्थित तुल्याउँदै राष्ट्रिय अर्थतन्त्रमा योगदान गर्दै आएको विप्रेषण (रेमिट्यान्स) का माध्यमबाट देशलाई समृद्ध बनाउने लक्ष्यका साथ स्थापना भएको वैदेशिक रोजगार प्रवद्र्धन बोर्ड आजदेखि दशौँ वर्षमा प्रवेश गरेको छ । रोजगारीका लागि खुला गरिएको ११० गन्तव्य मुलुकमा श्रम गरिरहेका बेला ज्यान जानेलगायत भवितव्य परी ज्यान गुमाएका छ हजार ७९० मृतकका परिवारलाई बीमा र...
शनिबार पनि श्रम स्वीकृतिका काम गरिने

शनिबार पनि श्रम स्वीकृतिका काम गरिने

काठमाडौँ, १७ कात्तिक । वैदेशिक रोजगार विभागले शनिबार पनि श्रम स्वीकृतिका लागि कार्यालय खुला गर्ने भएको छ । वैदेशिक रोजगारीमा जाने सेवाग्राहीको चाप अत्यधिक रहेको भन्दै विभागले सार्वजनिक बिदाका दिनसमेत श्रम स्वीकृति जारी गर्न लागेको हो । शनिबार बिहान १० देखि अपराह्न ३ बजेसम्म ताहचलस्थित वैदेशिक रोजगार कार्यालयमा आउने सेवाग्राहीलाई श्रम स्वीकृति प्रदान गरिने विभागले जनाएको हो । उक्त कार्यालयले वि...
बैङ्किङ क्षेत्रमा ‘विद्युतीय हस्ताक्षर’

बैङ्किङ क्षेत्रमा ‘विद्युतीय हस्ताक्षर’

काठमाडौँ, १७ कात्तिक । विद्युतीय माध्यमबाट हुने कारोवारलाई सुरक्षित, भरपर्दो र विश्वासनीय बनाउने उद्देश्यले सरकारले ‘विद्युतीय हस्ताक्षर’ लाई तीव्रता दिन थालेकोे छ । सरकारी तथा निजी कार्यालयमासमेत विद्युतीय हस्ताक्षरलाई अगाडि बढाउनका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, प्रमाणीकरण नियन्त्रणको कार्यालयले बैंकिङ क्षेत्रका सरोकारवालासँग छलफलसमेत गरेको छ । विद्युतीय हस्ताक्षरले मान्यता प्राप्त...
माथिल्लो तामाकोशीमा लगानीकर्ताको आर्कषण

माथिल्लो तामाकोशीमा लगानीकर्ताको आर्कषण

काठमाडौँ, १६ कात्तिक । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको साधारण शेयरमा लगानीकर्ताले उल्लेख्य सहभागिता जनाएका छन् । बिहीबारदेखि बिक्री शुरु भएको साधारण शेयरमा आज दिउँसोसम्ममा एक लाख १६ हजारले आवेदन गरेका छन् । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाका प्रवक्ता डा गणेश न्यौपानेले बिक्री शुरु भएको दुई दिनमै मागभन्दा बढी रु दुई अर्ब २२ करोड बराबरको आवेदन परेको हो । कम्पनीले सर्वसाधारणका लागि रु एक अ...
दोब्बरले बढ्यो बैंक तथा वित्तीय संस्थामा महिलाको खाता

दोब्बरले बढ्यो बैंक तथा वित्तीय संस्थामा महिलाको खाता

काठमाडौँ, १६ कात्तिक । पछिल्लो समयमा वित्तीय क्षेत्रमा नेपाली महिलाको पहुँच क्रमशः बढ्दै गएको पाइएको छ । संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम (युएनडिपी) ले सार्वजनिक गरेको मानव विकास सूचकाङ्कको ‘वित्तीय संस्थामा महिलाका खाता’ शीर्षकमा सो विषय समावेश गरिएको छ । सन् २०११ देखि सन् २०१७ सम्मको तथ्याङ्कमा नेपाली महिलाले पछिल्लो छ वर्षमा नै दोब्बर खाता खोलेको पाइएको हो । प्रतिवेदनअनुसार सन् २०११ मा...
स्वरोजगार कोषको कर्जा नतिर्नेलाई कालो सूचीमा राखिने

स्वरोजगार कोषको कर्जा नतिर्नेलाई कालो सूचीमा राखिने

काठमाडौँ, १६ कात्तिक । युवा तथा साना व्यवसायी स्वरोजगार कोषले भाका नाघेका कर्जा नतिर्नेलाई कानूनी कारवाही प्रक्रिया अगाडि बढाउने भएको छ । कोषले आज पत्रकार सम्मेलनको आयोजना गरी भाखा नाघेको कर्जा नतिर्नेलाई अचल सम्पत्ति रोक्का गर्ने, सरकारी सेवा सुविधाबाट बञ्चित गर्ने, कालोसूचीमा राख्ने र पासपोर्ट रोक्का गर्नेलगायत कानूनी कारवाही गर्ने तयारी गरेको छ । कोषको भाखा नाघेको कर्जा उठन बाँकी रु २७ करोड ...
वायु प्रदूषण घटाउन औद्योगिक राष्ट्र बढी क्रियाशील हुनुपर्नेमा जोड

वायु प्रदूषण घटाउन औद्योगिक राष्ट्र बढी क्रियाशील हुनुपर्नेमा जोड

काठमाडौँ, १६ कात्तिक । नेपालले वायु प्रदूषण घटाउन औद्योगिक राष्ट्र बढी क्रियाशील हुनुपर्नेमा जोड दिँदै त्यसका लागि ती राष्ट्रले वित्तीय सहायता बढाउनुपर्ने आवश्यकता औँल्याएको छ । उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले वायु प्रदूषण तथा स्वास्थ्यसम्बन्धी विश्व स्वास्थ्य सङ्गठनको जेनेभामा भएको प्रथम सम्मेलनलाई बिहीबार सम्बोधन गर्दै अल्पविकसित, भूपरिवेष्टित विकासोन्मुख तथा ...
जापान सरकारले विदेशी कामदार लिने विधेयक स्वीकृत ग¥यो

जापान सरकारले विदेशी कामदार लिने विधेयक स्वीकृत ग¥यो

टोकियो, १६ कात्तिक । विदेशी कामदारलाई जापानमा आकर्षित गर्ने उद्देश्यले जापानको मन्त्रिपरिषदले शुक्रबार नयाँ मस्यौदा विधेयक स्वीकृत गरेको छ । श्रमिक कामदारको अभाव झेलिरहेको जापानले यो विवादास्पद विधेयक स्वीकृत गरेको बताइएको छ । उक्त मस्यौदा विधेयक छलफलका लागि संसदमा प्रस्तुत गरिने जापानको मन्त्रिपरिषद सचिवालयले जनाएको छ । विधेयकमाथि विपक्षी दल सहित प्रधानमन्त्री शिन्जो आबेको दलका सांसदले समेत वि...
तिहारका लागि आठ करोडको तास आयात

तिहारका लागि आठ करोडको तास आयात

काठमाडौं, १६ कात्तिक । पछिल्लो तीन महिनामा मुलुकमा आठ करोड रुपैयाँको तास आयात भएको छ। तास खेल्ने पर्व तिहार नजिकिँदै गर्दा यसको आयात ५२ लाख प्याकेटभन्दा धेरै भएको छ। यो तथ्यांक गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४६.७६ प्रतिशत धेरै हो। भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ८ करोड ६ लाख ५४ हजार रुपैयाँ बराबरको ५१ लाख ९३ हजार ८ सय प्याकेट तास आयात भएको छ।, आजको नागरिक दैनिकमा ...
खडेरीले तेह्रथुममा ३० हजार हेक्टर जग्गा बाँझै, ४ हजार किसानलाई राहत वितरण

खडेरीले तेह्रथुममा ३० हजार हेक्टर जग्गा बाँझै, ४ हजार किसानलाई राहत वितरण

तेह्रथुम । सिँचाइ अभावमा जिल्लाको ठूलो क्षेत्रफल खेतीयोग्य जमिन बाँझो भएको छ । वर्षा हुने दरमा बर्सेनि उतारचडाव हुँदा किसानले हिउँदे बाली लगाउन पाएका छैनन् । वर्षामा समेत पर्याप्त पानी नपर्दा बाली सुकेर किसान मारमा परेका छन् । जिल्लाको ३० हजार ६ सय ८१ हेक्टर क्षेत्रफलको खेतीयोग्य जमिन बाँझै भएको छ । जिल्लाको औल क्षेत्रमा पनि पर्याप्त वर्षा भएन । पानी नपर्दा किसानले हिउँदे बाली लगाउन नपाएको छथर ...
चिनी छानबिन प्रतिवेदन थन्क्याइयो, लेखा समितिमाथि नै शंका

चिनी छानबिन प्रतिवेदन थन्क्याइयो, लेखा समितिमाथि नै शंका

काठमाडौँ, १६ कात्तिक । चिनीको मूल्य घटाउने र अनियमिततामा संलग्नमाथि छानबिन गर्न सरकारलाई निर्देशन दिनुपर्ने सुझावसहितको उपसमितिको प्रतिवेदन सार्वजनिक लेखा समितिले थन्क्याएको छ । दसैं, तिहार र सभापतिको विदेश भ्रमण देखाउँदै समितिको बैठक नबस्दा प्रतिवेदन थन्किएर बसेको हो । समितिले चिनीबारे अध्ययन गर्न पूर्ववाणिज्य तथा अपूर्तिमन्त्री लेखराज भट्टको संयोजकत्वमा उपसमिति गठन गरेको थियो । यसले मन्त्रिपरिष...
लगानीकर्तालाई भ्रममा नपर्न धितोपत्र बोर्डको आग्रह

लगानीकर्तालाई भ्रममा नपर्न धितोपत्र बोर्डको आग्रह

काठमाडौँ, १५ कात्तिक । नेपाल धितोपत्र बोर्डले शेयर बजारका लगानीकर्तालाई कुनै पनि भ्रमममा नपर्न आग्रह गरेको छ । बोर्डले दोस्रो बजारका लगानीकर्तालाई भ्रममा नपरी सुझबुझपूर्ण ढङ्गले लगानी गर्न ध्यानाकर्षण गराएको छ । बोर्डले आज जारी गरेको विज्ञप्तिमा बजार हल्लाका भरमा नभई आधारभूत तथा प्राविधिक विश्लेषणसहित सुझबुझपूर्ण तवरले शेयर बजारमा लगानी गर्न सुझाव दिएको हो । चालू आर्थिक वर्षको बजेटमार्फत मूल्...
चिसो बढेसँगै सोलुखुम्बुमा न्यानो कपडाको व्यापार बढ्यो

चिसो बढेसँगै सोलुखुम्बुमा न्यानो कपडाको व्यापार बढ्यो

सोलुखुम्बु, १५ कात्तिक । जिल्लामा चिसो बढेसँगै न्यानो कपडाको व्यापार बढेको छ । असोज अन्तिम सातादेखि चिसो बढेसँगै न्यानो कपडाको माग बढेको यहाँका व्यापारीले बताएका छन् । कपडा पसलमा ज्याकेटको माग बढेको छ । विगत वर्षभन्दा यस वर्ष चाँडै जाडो शुरु भएका कारण ज्याकेटको माग बढेको व्यापारी लोकबहादुर दर्जीले बताए । सल्लेरी बजारमा न्यानो कपडा किन्नेको भीड बढेको ‘न्यू ए वान टेलरिङ सेन्टर’ सञ्चालक विश्राम हिङम...
जापान जान चाहनेले अनलाइनबाट भाषा परीक्षा दिन पाउने

जापान जान चाहनेले अनलाइनबाट भाषा परीक्षा दिन पाउने

काठमाडौँ, १५ कात्तिक । जापानमा जान चाहने नेपालीले पहिलो पटक अनलाइनबाटै जापानी भाषा परीक्षा दिन पाउने भएका छन् । आज आयोजित पत्रकार सम्मेलनमा जापानको प्राक्टिकल जापानीज कम्युनिकेसन पिजेसी ब्रिजसँग सहकार्य गरी अनलाइनबाटै भाषा परीक्षा दिन पाउने व्यवस्था गर्न लागिएको जानकारी मोग सर्भिस प्रालिका अध्यक्ष प्रमुख कार्यकारी अधिकृत ओमहरि प्रजापतिले जानकारी दिए । कागजबाट लिखित परीक्षा दिँदा नतिजाका लागि त...
अन्तर्राष्ट्रिय बजारमा नेपालको पर्वतीय पर्यटनमा आशा जाग्दै

अन्तर्राष्ट्रिय बजारमा नेपालको पर्वतीय पर्यटनमा आशा जाग्दै

काठमाडौँ, १५ कात्तिक । नेपाल भ्रमण वर्ष २०२० नजिकिँदै गर्दा नेपालको पर्वतीय पर्यटनलाई अन्तर्राष्ट्रिय बजारमा प्रवद्र्धन गर्न अपरिहार्य महसुस गरिएको छ । विश्वको सर्वौच्च शिखर सगरमाथालगायतका अन्य हिमाल नयाँ पर्यटकीय उत्पादन पर्वतीय पर्यटनका लागि आशालाग्दो क्षेत्र प्रमाणित हुने निर्विवाद छ । प्रचारप्रसारको अभावमा अन्तर्राट्रिय जगत्मा नेपालका पर्यटकीय सम्भावना भएका पर्वतीय पर्यटनको बजारीकरण एवं प्...
माथिल्लो तामाकोशीको शेयर बिक्री शुरु

माथिल्लो तामाकोशीको शेयर बिक्री शुरु

काठमाडौँ, १५ कात्तिक । माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीले रु एक अर्ब ५८ करोड बराबरको साधारण शेयर आइपिओ आजदेखि बिक्री शुरु गरेको छ । आयोजना प्रभावित दोलखावासीलाई साधारण शेयर बिक्री र बाँडफाँट गरिसकेको छ । बुधबार मात्रै कम्पनीले दोलखावासीलाई साधारण शेयर बाँडफाँट गरेको हो । कम्पनीले न्यूनतम ५० कित्ता र अधिकतम एक हजार कित्तासम्म आवेदन दिन पाउने व्यवस्था छ । धितोपत्र निष्काशन छिटोमा यही कात्तिक १९...
व्यवसाय गर्न नेपाल दक्षिण एसियाकै चौथो सहज देश

व्यवसाय गर्न नेपाल दक्षिण एसियाकै चौथो सहज देश

काठमाडाैं, १५ कात्तिक  । व्यवसाय गर्नका लागि नेपाल दक्षिण एसियाको चौथो सहज देश रहेको प्रतिवेदन विश्व बैंकले सार्वजनिक गरेको छ । विश्व बैंक समुहले बुधबार सार्वजनिक गरेको डुइङ विजनेस २०१९ को ट्रेनिङ फर रिफर्म रिपोर्टमा दक्षिण एसियामा भारत, भुटान र श्रीलंकापछि नेपाल चौथो नम्बरमा छ ।,आजको कारोवार दैनिकमा यो खबर छ । गत बर्ष विश्वको १०५ औँ स्थानमा रहे पनि नेपालको अवस्था अझ खस्किएको हो । यस्तै, दक्ष...
उदयपुरमा सुन्तला, तेजपात उत्पादन क्षेत्र निर्माण अभियान शुरु

उदयपुरमा सुन्तला, तेजपात उत्पादन क्षेत्र निर्माण अभियान शुरु

गाईघाट , १४ कात्तिक । ग्रामीण भेगका जनताको आधुनिक कृषि क्षेत्रबाट दिगो आर्थिक विकास गर्दै स्वरोजगार र आम्दानी बढाउनका लागि उदयपुर जिल्लाको रौतामाई गाउँपालिकाको रौताक्षेत्रका विभिन्न वडालाई सुन्तला र तेजपात उत्पादन पाकेट क्षेत्रको रुपमा विकास गरिने अभियान शुरु भएको छ । रौता वडा नं –२ आँपटार, र पोखरेमा मात्र व्यावसायिक सुन्तलाखेती र रौता– १ को मुर्कुची तथा– ४ वडाको नामेटार, बोलुङ्खा,मलवासे क्षेत्...
error: Content is protected !!