केरुङ–काठमाडौँ रेलमार्ग : सम्भाव्यता अध्ययनका लागि रु ३५ अर्ब लाग्ने
काठमाडौँ, ४ चैत । केरुङ–काठमाडौँ रेलमार्गको सम्भाव्यता अध्ययनका लागि करीब रु ३५ अर्ब बराबरको खर्च लाग्ने देखिएको छ ।
नेपालीसहित चिनियाँ प्राविधिक टोलीले प्रारम्भिक अध्ययन गरी रेलमार्ग निर्माणका लागि उपयुक्त रहेको प्रतिवेदन दिइसकेको अवस्थामा सम्भाव्यता अध्ययन तथा विस्तृत परियोजना प्रतिवेदन तयारीका लागि उक्त परिमाणको रकम खर्च हुने देखिएको हो ।
प्रतिनिधिसभाको अर्थ समितिको बैठकमा भौतिक पूर्वाधार त...































