बलिउड सुपरस्टार अक्षय कुमारको नयाँ फिल्म ‘केसरी’ दर्शकलाई निकै मन परेको छ । र, समीक्षकले पनि फिल्मको तारिफ गरेका छन् । होलीको छेकोमा रिलिज भएको फिल्मले प्रदर्शनको पाँच दिनमा चार ठूलो रेकर्ड आफ्नो नाम गरेको छ । फिल्मले पाँच दिनमा घरेलु बजारमा कुल ८६ करोड ३२ लाख भारु छापेको छ ।

Advertisement

मार्केट एनालिस्ट तरन आदर्शका अनुसार, फिल्मले पहिलो दिन २१ करोड ६ लाख, दोस्रो दिन १६ करोड ७० लाख, तेस्रो दिन १८ करोड ७५ लाख, चौथो दिन २१ करोड ५१ लाख र पाँचौ दिन ८ करोड २५ लाख कलेक्सन गरेको छ । यो फिल्मले अबको दुई दिनमा सय करोडको आँकडा पार गर्ने सम्भावना देखाएको छ । अनुराग सिंहले यसको निर्देशन गरेका हुन् ।

पहिलो दिन २१ करोड ६ लाख कमाउँदै यस फिल्मले २०१९ को सबैभन्दा ठूलो ओपनिङको रेकर्ड आफ्नो नाम गरेको छ । तीन दिनमा ५० करोडको आँकडा पार गर्ने पनि यो यस वर्षको पहिलो फिल्म बनेको छ । चार दिनमा ७५ कमाउने र ओपनिङ विकेन्डमा सबैभन्दा बढी कमाउने फिल्म पनि ‘केसरी’ बन्न सफल भएको छ ।

‘केसरी’ को निर्माण करण जौहरको प्रोडक्सनले गरेको हो । फिल्ममा अक्षयले हवलदार ईशर सिंहको भूमिका निभाएका छन् । उनको अपोजिटमा परिणिति चोपडा छिन् । सारागढीको ऐतिहासिक युद्धमा फिल्म आधारित छ, जसमा ब्रिटिश इन्डिया आर्मीका मात्र २१ सिख सैनिकले १० हजार अफगानीसँग लडाइँ लडेका थिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!