बालविवाहमा संलग्न बेहुला पक्राउ

बालविवाहमा संलग्न बेहुला पक्राउ

कलैया । जिल्ला प्रहरी कार्यालय बाराले जिल्लाका सुवर्ण गाउँपालिका–२ कवही गोठमा बालविवाह भइरहेको अवस्थामा प्रहरीले बेहुलालाई पक्राउ गरी बेहुलीलाई संरक्षणमा लिएको छ । साबिक बलिरामपुर–९, हाल कलैया उपमहानगरपालिका–१३ छोटकी फूलबारी बस्ने २५ वर्षीय रामनरेशप्रसाद यादव र साबिक कवही गोठ–६, हाल सुवर्ण गाउँपालिका–२ बस्ने करिब १२ वर्षीया बालिकासँग निजकै घरमा शुक्रबार राति १० बजे विवाहको तयारी भइरहेको जानकारी...
फर्निचर उद्योगमा आगलागी

फर्निचर उद्योगमा आगलागी

लहान।  सिरहा नगरपालिका–१७ स्थित एक फर्निचर उद्योगमा आज बिहान आगलागी हुँदा करिब रु १५ लाख मूल्य बराबरको क्षति भएको छ । विद्युत् सर्ट भई सिरहा नगरपालिका–१७ स्थित बस्ने बेचन यादवको फर्निचर उद्योगमा सुरु भएको आगलागीबाट फर्निचर तथा फर्निचर बनाइने अन्य काठपातसमेत जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।  प्रहरी, वारुणयन्त्र तथा स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।
केपी ओलीको चारबुँदे तर्कः एमालेले किन संविधान संशोधन हुन दिँदैन ?

केपी ओलीको चारबुँदे तर्कः एमालेले किन संविधान संशोधन हुन दिँदैन ?

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको संविधान संशोधन गर्न नदिने ४ वटा कारणहरु अघि सारेका छन् । पत्रकार महासंघ ललितपुर शाखाका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय पार्षदहरुलाई आफ्नै निवास बालकोटमा स्वागत गर्दै ओलीले संविधान संशोधन विधेयक पारित हुन नदिने एमालेको अडानबारे प्रष्टीकरण दिएका हुन् । एमाले अध्यक्ष ओलीले अहिले ‘जोरजाम गरेर’ दुई तिहाइले संविधान सं...
निर्वाचन आयोगले रोक्यो जेठ १५ को बजेट

निर्वाचन आयोगले रोक्यो जेठ १५ को बजेट

काठमाडौं । निर्वाचन आयोगले आगामी जेठ १५ मा बजेट ल्याउन रोकेको छ । दुई चरणको निर्वाचनको बीचमा सरकारको नीति तथा कार्यक्रम र बजेट ल्याउनु आचार संहिता विपरित हुने आयोगको ठहर छ । आयोगको शनिबार बसेको बैठकले निर्वाचनको बीचमा बजेट ल्याउँदा आचार संहिता अनुकुल नहुने ठहर गर्दै सरकारको ध्यानाकर्षण गराउने निर्णय गरिएको छ । आयोगको निर्णयमा भनिएको छ, ‘एक महिनाको अन्तरालमा हुने दुई चरणको निर्वाचनका बीच सरकारक...
एमालेलाई मनाउने कांग्रेसको प्रयास पनि असफल

एमालेलाई मनाउने कांग्रेसको प्रयास पनि असफल

काठमाडौं । संविधान संशोधनमा प्रमुख विपक्षी नेकपा एमालेलाई मनाउने सत्तारुढ नेपाली कांग्रेसको प्रयास पनि असफल भएको छ । सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहितका शीर्ष नेताहरु शनिबार एमाले अध्यक्ष केपी ओलीको निवास बालकोट पुगेका थिए । बैठकमा कांग्रेस नेताहरुले चुनाव गराउनु पर्ने भन्दै संविधान संशोधनमा सहमति गर्न प्रस्ताव गरेका छन् । तर, एमालेले अस्वीकार गरेको छ । संविधान संशोधन कुनै...
कांग्रेस सभापति देउवा ओली निवासमा, संविधान संशोधनमा एमालेलाई मनाउने प्रयास

कांग्रेस सभापति देउवा ओली निवासमा, संविधान संशोधनमा एमालेलाई मनाउने प्रयास

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवा आफ्नो दलका नेताहरुको टोली लिएर  एमाले अध्यक्ष केपी शर्मा ओलीलार्इ भेट्न  बालकोट पुगेका छन् । पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौलाल गायत नेतासँगै कांग्रेस सभापति देउवा शनिबार  बालकोट पुगेका हुन् । संविधान संशोधन र स्थानीय तह निर्वाचनबारे छलफल गर्न कांग्रेस नेताहरू बालकोट पुगेकाे  नेताहरूले बताएका छन् । दुर्इ पक्षीय छलफलमा एमालेका त...
राज्यप्रति धुर्मुसको गुनासो- बिनाशले बिकासको मुल फुटाउँछ भन्थे तर, हाम्रोमा त्यस्तो भएन

राज्यप्रति धुर्मुसको गुनासो- बिनाशले बिकासको मुल फुटाउँछ भन्थे तर, हाम्रोमा त्यस्तो भएन

काठमाडौं । भूकम्पपछि दुई स्थानमा एकीकृत वस्ती निर्माण गरेर वाहीवाही कमाएका कलाकार सिताराम कट्टेल धुर्मुसले भूकम्पको दुई वर्ष वितिसक्दा पनि प्रभावित जिल्लाहरुको पुननिर्माण सम्पन्न नभएकोप्रति दुःख व्यक्त गरेका छन् । भूकम्पको दोस्रो बार्षिकी पारेर भूकम्प पीडित तथा सहयोगी समाजले रिपोर्टस क्लवमा मंगलबार गरेको सम्मान ग्रमणपछि धुर्मुसले भने, ‘पूर्ननिर्माणको लागि ठूला-ठूला विदेशी सहायता आएका थिए, तर सर...
स्थानीय तहको संख्या बढाउन लागेको भन्दै एमालेद्वारा संसद अवरुद्ध

स्थानीय तहको संख्या बढाउन लागेको भन्दै एमालेद्वारा संसद अवरुद्ध

काठमाडौं । प्रमुख विपक्षी दल नेकपा एमालेले बालानन्द पौडेल नेतृत्वको आयोगको प्रतिवेदनलाई खण्डित गर्ने गरी सरकारले स्थानीय तहको संख्या बढाउन खोजिएको भन्दै व्यवस्थापिका संसद बैठक अबरुद्ध गरेको छ । संसदको मंगलबारको बैठकमा विशेष समय लिएर बोल्दै एमाले सांसद गंगाधर तुलाधरले स्थानीय विकास मन्त्रालयले परिपत्र गरेको सूचना आएको बताए । उनले भने, ‘पुनर्संरचना आयोगको प्रतिवेदनलाई खण्डित हुने गरी केही स्थानीय...
मन्त्रालयसँग सरकारी डाक्टरको बिन्ती – निजीमा काम गर्न पाऊँ

मन्त्रालयसँग सरकारी डाक्टरको बिन्ती – निजीमा काम गर्न पाऊँ

काठमाडौं । सरकारले निजी स्वास्थ्य संस्थामा काम गर्न स्वास्थ्य मन्त्रालयको अनुमति लिनुपर्ने अनिवार्य व्यवस्था गरेपछि देशभरका ८८९ सरकारी चिकित्सक तथा स्वास्थ्यकर्मीले अनुमतिका लागि निवेदन दिएका छन् । स्वास्थ्य मन्त्रालयमा यसरी निवेदन दिनेमा पाँचौं तहदेखि एघारौं तहसम्मका चिकित्सक र स्वास्थ्यकर्मी रहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका चिकित्सा महाशाखाका निर्देशिक डा भोलाराम श्रेष्ठले अहिलेको दर...
कांग्रेसको उम्मेदवार छनोट समितिबाट महाधिवेशन प्रतिनिधि हटाइयो

कांग्रेसको उम्मेदवार छनोट समितिबाट महाधिवेशन प्रतिनिधि हटाइयो

काठमाडौं । नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनको उम्मेदवार सिफारिस समिति संशोधन गरेको छ । संशोधित समितिमा महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यहरु राखिएको छैन । मंगलबार बिहान पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको कांग्रेस पदाधिकारी बैठकले उम्मेदवार सिफारिस समिति संशोधन गर्दै पुरानै सर्कुलर अनुसार सिफारिस गर्न परिपत्र गर्ने निर्णय गरेको छ । यसअघि कांग्रेसको उम्मेदवार सिफारिस समिति जम्बो आका...
निजी स्कुलविरुद्ध उत्रिए विद्यार्थीः भोलि शिक्षा कार्यालयमा धर्ना, पर्सी विद्यालयमा तालाबन्दी

निजी स्कुलविरुद्ध उत्रिए विद्यार्थीः भोलि शिक्षा कार्यालयमा धर्ना, पर्सी विद्यालयमा तालाबन्दी

काठमाडौं । विद्यार्थी संगठनहरुले निजी विद्यालयमा तालाबन्दी लगायतका आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् । निजी शैक्षिक संस्थाहरुले नियमविपरित चर्को शुल्क लिएको विषयमा छलफल गर्न सोमबार संयुक्त विद्यार्थी आन्दोलन समितिको बैठक बसेको थियो । बैठकले मंगलबार देशभरका जिल्ला शिक्षा कार्यालय अगाडि विरोध प्रदर्शनसहित धर्ना दिने तथा बुधबार चर्को शुल्क लिने निजी विद्यालयहरुको लेखा र प्रशासन शाखामा तालाबन्दी...
विप्लवका केन्द्रीय नेतासहित ३० जना कार्यकर्ता सुर्खेतमा पक्राउ

विप्लवका केन्द्रीय नेतासहित ३० जना कार्यकर्ता सुर्खेतमा पक्राउ

सुर्खेत । स्थानीय तहको निर्वाचनको बिरोध गर्न आयोजना गरिएको नेत्र विक्रम चन्द विप्लवको नेपाल कम्यूनिष्ट पार्टीको सभामा प्रहरीले हस्तक्षेप गरेको छ । निर्वाचन नै खारेज गर्नुपर्ने माग गर्दै यहाँको मंगलगढी चोकबाट र्‍याली निकाल्ने क्रममा नै प्रहरीले विप्लवका दर्जनौ कार्यकर्ताहरुलाई नियन्त्रणमा लिएपछि कार्यक्रम स्थगित भएकाे छ । पक्राउ पर्नेमा केन्द्रीय सदस्य हिमाल, बिक, विद्यार्थीका केन्द्रीय सदस्य ध...
केपी ओलीले संसदमा सुनाए एमालेका तीन अडान

केपी ओलीले संसदमा सुनाए एमालेका तीन अडान

काठमाडौं । सरकारले संविधान संशोधन गर्ने र दुई चरणमा चुनाव गर्ने निर्णय गरेलगत्तै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीले संसदमा बोलेका छन् । र, आफ्ना तीन अडान सुनाएका छन् । सोमबार एमाले स्थायी कमिटीको बैठक ओलीकै निवास बालकोटमा बसेको थियो । लगतै संसदमा विशेष समय लिएर प्रतिपक्षी दलका नेता ओलीले सम्बोधन गरे । सम्बोधनका क्रममा ओलीले संविधान संशोधन, स्थानीय तहको चुनाव दुई चरणमा गर्ने त...
राज्यले नचिनेको ज्युँदा शहीद, जो ११ वर्षदेखि अचेत छन्

राज्यले नचिनेको ज्युँदा शहीद, जो ११ वर्षदेखि अचेत छन्

काठमाडौं । जनआन्दोलनका घाइते मुकेश कायस्थकी आमा मिरा छोरो उठेर ‘गुड मर्निङ मामु’ भन्ने आसमा हरेक बिहान एकतमासले हेर्छिन् । उनले मुकेशलाई यसरी हेर्न थालेको ११ वर्ष बितिसक्यो । मुकेशजस्ता दुई दर्जन युवायुवतीले देशमा लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि ज्यान दिए । केही अशक्त बने, कोही जीवन–मरणसँग संघर्ष गर्दागर्दै धर्तीबाट अस्ताए । कोही जीवन–मरणकै संघर्षमा छन् । बनेपा नगरपालिका–१६ का मुकेश जीवन–...
उपेन्द्रले अध्यक्ष मागेपछि नयाँ शक्ति–फोरम एकता भाँडियो

उपेन्द्रले अध्यक्ष मागेपछि नयाँ शक्ति–फोरम एकता भाँडियो

काठमाडौं । एकीकृत पार्टीको अध्यक्ष को हुने भन्ने विषयमा सहमति जुट्न नसकेपछि संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टीबीचको एकता तत्कालका लागि भाँडिएको छ । स्रोतका अनुसार, वैशाखको पहिलो साताभित्रै दुई पार्टीबीच एकीकरण गर्ने तयारी भएको थियो । एकतापछि पार्टीको नेतृत्व कसले गर्ने भन्ने विषयबाहेक अन्य विषयमा करिब–करिब सहमति जुटिसकेको थियो । तर, अध्यक्षको विषयमा सहमति जुट्न सकेन । स्रोतका अनुसार...
दुई चरणमा स्थानीय तह निर्वाचन गर्न सरकार र मधेसी मोर्चा सहमत

दुई चरणमा स्थानीय तह निर्वाचन गर्न सरकार र मधेसी मोर्चा सहमत

काठमाडौं । सरकार र मधेसी मधेसी मोर्चाले संविधान संशोधन विधेयक परिर्माजनमा सहमति जुटाएका छन् । साथै स्थानीय तहको चुनाव दुई चरणमा गर्ने सहमति भएको छ । र, सरकार र मधेसी मोर्चाका बीचमा लिखित सहमति भने भएको छैन । सत्तारुढ दल र मधेसी मोर्चाबीच शनिबार बालुवाटारमा भएको वार्तामा संशोधन विधेयकमा गर्ने परिर्माजनमा सहमति जुटाएको छ । यसबारे भोलि मन्त्रिपरिषद्ले निर्णय लिनेछ । केके भयो सहमति ? संघीय समाजव...
राजस्व अनुसन्धान विभाग अर्थ मन्त्रालयमै राख्न बजेट महाशाखाको लविङ

राजस्व अनुसन्धान विभाग अर्थ मन्त्रालयमै राख्न बजेट महाशाखाको लविङ

काठमाडौं । राजस्व अनुसन्धान विभागलाई प्रधानमन्त्री कार्यालय अन्तर्गत राख्ने मन्त्रालय पुनर्संरचना कार्यदलको प्रस्तावप्रति अर्थ मन्त्रालयले आपत्ती जनाएको छ । एउटै मन्त्रालयले योजना बनाउने, बजेट विनियोजन गर्ने, राजस्व संकलन गर्ने र त्यसको अनुसन्धान गर्दा शक्ति पृथकीकरणको सिद्धान्त विपरित हुने भन्दै कार्यदलले यस्तो प्रस्ताव गरेको थियो । उक्त प्रस्तावप्रति नै अर्थ मन्त्रालयको बजेट महाशाखामा हलचल मच...
लापरवाह आयल निगमः एक हप्तासम्म तेलको अभाव, दोष उपभोक्तामाथि नै !

लापरवाह आयल निगमः एक हप्तासम्म तेलको अभाव, दोष उपभोक्तामाथि नै !

काठमाडौं । काठमाडौंमा एक हप्तादेखि पेट्रोलको अभाव छ । अधिकांश पम्पहरुमा पेट्रोल वितरण नै भएको छैन भने वितरण भएका पम्पमा उपभोक्ताको लाइन छ । मागअनुसार आपूर्ति गर्न नसकेको आयल निगमले दोष उपभोक्तामाथि नै लगाएको छ । नेपाल आयल निगमको लापरवाहीका कारण एक हप्तासम्म तेल अभाव हुँदा पनि बजारमा आपूर्ति सहज भएको छैन । आयल निगमले दैनिक ५ लाख लिटर तेल वितरण गरिरहेको बताएपनि उपभोक्तालाई ५ लिटर तेल हाल्न महाभार...
कोरियन भाषा परीक्षा दरखास्तमा १५ हजारको त्रुटि, के होला दरखास्त ?

कोरियन भाषा परीक्षा दरखास्तमा १५ हजारको त्रुटि, के होला दरखास्त ?

काठमाडौं । रोजगार अनुमति प्रणालीअन्तर्गत कोरिया जानका लागि भरेको भाषा परीक्षाको दरखास्तमा १५ हजार जनाको त्रुटि फेला परेको छ । पहिलोपटक अनलाइनमार्फत दरखास्त संकलन गरिएकोमा १५ हजार निवेदकमध्ये केहीले फोटो, केहीले नाम तथा जन्म मितिमा फरक विवरण भरेका हुन् । चैत ९ देखि १८ गते राति १२ बजेसम्म संकलन गरिएका दरखास्तमध्ये अधिकांशको त्रुटि सच्याएर कोरिया पठाइसकिएको इपिएस शाखाका अधिकृत शोभाकर भण्डारीले जान...
कस्तो बन्दैछ संघीय नेपालमा अस्पताल ?

कस्तो बन्दैछ संघीय नेपालमा अस्पताल ?

काठमाडौं । मुलुक संघीयतामा जाँदै गर्दा स्वास्थ्य सेवा स्थानीय सरकारको जिम्मामा हुन्छ । संविधानले नै आधारभूत र आकस्मिक सेवाबाट कसैलाई पनि वञ्चित नगरिने परिकल्पना गरिसकेको छ । यस्तो अवस्थामा प्रश्न उठ्छ – स्वास्थ्यजस्तो विशेषज्ञ तथा प्राविधिक सेवा स्थानीय सरकारले कसरी धान्ला ? मुलुक संघीयतामा जाने निश्चित भएसँगै व्याप्त आशंका निराकरण गर्नेगरी स्वास्थ्य मन्त्रालयले संघीय नेपालको स्वास्थ्य सेवाको भ...
चुनाव हर हालतमा हुन्छ, मोर्चा नआए ऐतिहासिक गल्ती हुनेछ

चुनाव हर हालतमा हुन्छ, मोर्चा नआए ऐतिहासिक गल्ती हुनेछ

काठमाडौं । प्रधानमन्त्री प्रचण्डले देश निर्वाचनमा होमिइसकेकाले अब चुनाव हुँदैन कि भनेर प्रश्न नगर्न आग्रह गरेका छन् । प्रधानमन्त्रीले मधेसी मोर्चा चुनावमा नआए त्यो उनीहरुका लागि ऐतिहासिक गल्ती हुने बताएका छन् । बुधबार बिहान अनलाइनखबरसँगको विशेष भिडियो वार्तामा प्रधानमन्त्री प्रचण्डले भने- ‘म आम नेपाली जनता, सबै राजनीतिक दल, तिनका कार्यकर्ता र आम नागरिक समाजलाई ढुक्क भएर कुनै संकोच नराखी निर्वाच...
प्रधानमन्त्रीलाई एमालेको आश्वासन- मोर्चालाई सहमतिमा ल्याउन हामी सघाउँछौं

प्रधानमन्त्रीलाई एमालेको आश्वासन- मोर्चालाई सहमतिमा ल्याउन हामी सघाउँछौं

काठमाडौं । आन्दोलनरत मधेसी मोर्चा र संघीय गठबन्धनलाई सहमतिमा ल्याउन प्रमुख प्रतिपक्षी नेकपा एमालेले सरकारलाई सघाउने भएको छ । एमालेले आन्दोलनरत पक्षलाई सहमतिमा ल्याउन र बैशाख ३१ गते नै देशभर एकैचरणमा स्थानीय चुनाव गराउन सरकारलाई सुझाव समेत दिएको छ । बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको पाँच दलको बैठकमा एमाले कार्यवाहक अध्यक्ष बामदेव गौतम, नेता माधव नेपाल र संसदीय दलका उपनेता सुव...
आयल निगमको पुँजी २५ अर्ब पुर्‍याउन बोनस सेयरको योजना, साधारण सेयर कहिले ?

आयल निगमको पुँजी २५ अर्ब पुर्‍याउन बोनस सेयरको योजना, साधारण सेयर कहिले ?

काठमाडौं । नेपाल आयल निगमले आफ्नो चुक्ता पुँजी २० देखि २५ अर्ब पुर्‍याउने तयारी गरेको छ । निगमले तत्काल अर्को वर्ष आफ्नो नाफाबाटै चुक्ता पुँजी वृद्धि गर्न सुरु गर्ने योजना बनााएको हो । अहिले निगमको चुक्ता पुँजी २९ करोड रुपैयाँ मात्रै छ । वाषिर्क १ खर्बभन्दा बढीको कारोबार गर्ने कम्पनीको चुक्ता पुँजी ज्यादै न्युन भएपछि यसलाई वृद्धि गर्न विभिन्न विकल्पहरुमा छलफल अघि बढाइएको निगमका नायब कार्यकारी न...
रेखा थापा काठमाडौं उपमेयरको उम्मेदवार !

रेखा थापा काठमाडौं उपमेयरको उम्मेदवार !

काठमाडौं । राप्रपाले काठमाडौं महानगरपालिकाको उपमेयरमा नायिका रेखा थापालाई उम्मेदवार बनाउने तयारी गरेको छ । राप्रपा काठमाडौं जिल्ला कार्यसमितिले महानगरको मेयरमा पार्टीका पूर्वप्रवक्ता राजाराम श्रेष्ठ र उपमेयरमा नायिका रेखा थापाको नाम सिफारिस गर्ने तयारी गरेको छ । काठमाडौं अध्यक्ष नवराज सिंखडाले अनलाइनखबरसँग भने, ‘रेखालाई उम्मेदवार बनाउने हाम्रो तयारी हो ।’ उनका अनुसार उम्मेदवार बन्न प्रस्ताव गर...
भोलि राष्ट्रपति भारत जाने, सार्वजनिक विदा दिने सरकारको निर्णय

भोलि राष्ट्रपति भारत जाने, सार्वजनिक विदा दिने सरकारको निर्णय

काठमाडौं । राष्ट्रपति विद्या भण्डारी भारत भ्रमणमा जानेदिन सोमबार सरकारले सार्वजनिक विदा दिएको छ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले सोमबार एकदिन विदा दिने निर्णय गरेको हो । राष्ट्रपति विद्यादेवी भण्डारी ३४ सदस्यीय टोलीसहित भारतको औपचारिक भ्रमणमा जाँदैछिन् । भ्रमण टोलीमा परराष्ट्रमन्त्री डा. प्रकाशशरण महत, शान्तिमन्त्री सीतादेवी यादव लगायत छन् । आइतबार बसेको मन्त्रिपरिषद बैठकले उनको भारत भ्रमणको...
राज्य व्यवस्थाको निर्देशनः असन्तुष्ट दल पनि चुनावमा आउने वातावरण बनाऊ

राज्य व्यवस्थाको निर्देशनः असन्तुष्ट दल पनि चुनावमा आउने वातावरण बनाऊ

काठमाडौं । व्यवस्थापिका संसदको राज्य व्यवस्था समितिले आगामी निर्वाचनमा सबै दल सहभागी हुने वातावरण निर्माण गर्न सरकारलाई निर्देशन दिएको छ । उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधी र निर्वाचन आयोगका पदाधिकारीहरुसँग छलफल गरेपछि समितिले सरकारलाई यस्तो निर्देशन दिएको हो । समितिको बैठकमा अधिकाशं सदस्यहरुले मधेसी मोर्चासहित असन्तुष्ट दलहरुलाई पनि लिएर निर्वाचनमा जानु पर्ने सुझाव दिएका थिए । उपप्रधानम...
छोराछोरीका लागि कस्तो विद्यालय छनौट गर्ने ?

छोराछोरीका लागि कस्तो विद्यालय छनौट गर्ने ?

अभिनेत्री सञ्चिता लुइटेल भन्छिन्, ‘जब मैले पहिलोपटक आफ्ना बच्चाहरुलाई विद्यालयमा पुर्‍याएँ, म पनि उनीहरुसँगै बसें । खेलें । म चाहन्थें कि, मेरा बच्चाले आमाबाट अलग भएको महसुस नगरुन् । केही दिन आफ्ना बच्चाकै कक्षामा बसेर उनीहरुसँगै खेलेपछि विस्तारै उनीहरुलाई त्यही रमाउने बानी पर्‍यो । त्यस अवधिमा मैले आफ्नो बच्चालाई साथ त दिएँ नै, विद्यालयको वातावरण, पढाउने शैली, शिक्षक-शिक्षिकाको व्यवहार पनि थाह...
भूकम्पपीडितमाथि खेलबाड, २८ अर्ब मा ४२० घर मात्र निर्माण

भूकम्पपीडितमाथि खेलबाड, २८ अर्ब मा ४२० घर मात्र निर्माण

काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाबाट भूकम्पपीडितको निजी आवास निर्माणमा झन्डै २८ अर्ब रुपैयाँ खर्च भएको छ । तर, गैरसरकारी संस्थामार्फत वितरित अनुदानबाट मात्र चार सय २० भूकम्पपीडितले घर निर्माण सकेर छानो लगाएका छन् । प्राधिकरणको २४ चैतसम्मको विवरणमा भूकम्पपीडितको निजी आवास निर्माणमा मात्रै गैरसरकारी संस्थाको सहित २७ अर्ब ७३ करोड ११ लाख ५०...
नयाँ वर्षमा प्रचण्ड सरकारले सार्बजनिक गर्‍यो आफ्ना प्रमुख ३० काम

नयाँ वर्षमा प्रचण्ड सरकारले सार्बजनिक गर्‍यो आफ्ना प्रमुख ३० काम

काठमाडौं । प्रचण्ड नेतृत्वको सरकारले हालसम्म गरिएका महत्वपूर्ण कामहरुको सूची सार्बजनिक गरेको छ । प्रधानमन्त्रीको सचिवालयले आठ महिनाको अवधिमा भएका प्रमुख ३० कामको फेहरिस्त तयार पारेको छ । सूचीको पहिलो नम्बरमा स्थानीय तहको निर्वाचनमार्फत् राज्यशक्तिको अधिकार र स्रोतसाधनलाई सिंहदरवारबाट जनताको घरदैलोमा पुर्‍याउने काम भएको उल्लेख छ । यसैगरी लोडसेडिङ अन्त्य, उच्च आर्थिक वृद्धि, ठूला जलाशययुक्त आयोजन...
काठमाडौंको मेयरमा उम्मेदवारी दिने पूर्वसचिव किशोर थापाको घोषणा

काठमाडौंको मेयरमा उम्मेदवारी दिने पूर्वसचिव किशोर थापाको घोषणा

काठमाडौं । पूर्वसचिव किशोर थापाले काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवारी दिने घोषणा गरेका छन् । थापा साझा पार्टीमा आवद्ध छन् । तर, दल दर्ता नभएकाले साझा पार्टीलेे स्थानीय तहको चुनावमा दलगत रुपमा भाग लिन पाउँदैन । त्यसैले स्वतन्त्र उम्मेदवारका रुपमा पूर्वसचिव थापालाई उम्मेदवार बनाउन लागिएको साझा पार्टीले जनाएको छ । पूर्वसचिव थापाले पनि आफू उम्मेदवार बन्न लागेको अनलाइनखबरलाई बताए । महानगरक...
नयाँ वर्षसँगै मुसहर बस्तीमा खुसीयाली

नयाँ वर्षसँगै मुसहर बस्तीमा खुसीयाली

बर्दिबास बजारबाट बस्तीसम्म जोडिएको करिब डेढ किलोमिटर बाटो छिचोलिरहँदा लाग्छ, त्यहाँ नवदुलही भित्र्याउने तरखर भइरहेको छ । बाटोभरि स्वागतद्वार ठड्याइएको छ । हुलका हुल आगन्तुक आउँछन्, बस्तीलाई पृष्ठभूमि बनाएर सेल्फी खिच्छन् । लाग्छ, मुसहर बस्तीमा यतिबेला मेला लागेको छ । अर्को शब्दमा भन्दा मुसहर बस्ती तंग्रिएको छ । परेड खेल्न तैनाथ सीपाही जस्तै पंक्तिबद्ध उभिएका छन्, बस्तीका ५२ वटा घर । उस्तै बान्क...
error: Content is protected !!