जुम्ला, २९ कात्तिक ।  गुठीचौर गाउँपालिका–१ मणिसाँघुमा सोमबार राति भएको भे१त ७३८६ नंको ट्र्याक्टर दुर्घटनामा दुई सहचालकको मृत्यु भएको छ ।

Advertisement

मृत्यु हुनेमा चन्दननाथ नगरपालिका–८ तलिउम जुम्लाका १७ वर्षीय ललित धराला र जाजरकोट कुसे गाउँपालिका–७ निवासी अन्दाजी १८ वर्षीय भीमबहादुर विक रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी हवल्दार राजेन्द्र सुनारले जानकारी दिनुभयो । सुनारका अनुसार डोल्पाको चौंरीकोटबाट जुम्ला आउँदै गरेको सो ट्र्याक्टरले अर्को ट्र्याक्टरलाई बाटो दिने क्रममा दुर्घटना भएको हो ।

दुर्घटनामा चालक रमेश दमाईं हाम्फालेर बाँचेका छन् । दुवै सहचालक सडकदेखि ६० मि तल खोलामा च्यापिएको अवस्थामा भेटिएको जनाइएको छ । दुवैको शव परीक्षणका लागि कर्णाली स्वास्थ्य प्रतिष्ठान विज्ञान प्रतिष्ठान जुम्लाको शवगृहमा र चालक दमाईंलाई हिरासतमा राखिएको प्रहरीले जनाएको छ ।

दुर्घटनास्थल सदरमुकाम जुम्ला खलंगादेखि झण्डै २० किमी टाढा रहेको र बेलैमा फोन सम्पर्क हुन नसकेकाले मंगलबार बेलुका मात्र शव प्रतिष्ठान जुम्लामा पु¥याइएको हबल्दार सुनारले बताउनुभयो । जाजरकोटबाट विकका आफन्त आएपछि दुवैको शव परीक्षण गरी आफन्तलाई बुझाइने जनाइएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!