त्रिविका सहप्राध्यापकले नै उत्तरपुस्तिका केरमेट गरेपछि मुद्दा दायर
काठमाडौं । देशको पुरानो विश्वविद्यालयका कर्मचारी इमान्दार, लगनशील र कानून कार्यान्वयनमा अब्बल हुनुपर्छ। उनीहरुलाई आ–आफ्नो जिम्मेवारी सुम्पिइएको छ तर इतिहास बोकेको विश्वविद्यालयमा कार्यरत कर्मचारीले नै गलत काम गरेभने त्यो सरासर गैरकानूनी मात्रै हुँदैन, अख्तियारको दुरुपयोगसमेत हुन्छ। यस्तै भएको छ, जेठो विश्वविद्यालयको त्रिवि सेवा आयोगमा। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार विशेष अदालतमा दाय...































