- संगालोखबर सम्वाददाता


भक्तपुर । भक्तपुरको दुवाकोटस्थित केएमसी सामुदायिक अस्पतालमा रक्तदान कार्यक्रम गरिएको छ । अस्पताल र रेडक्रस उपशाखा दुवाकोटले विश्व रक्तदाता दिवसको अवसर पारेर संयुक्त रुपमा रक्तदान कार्यक्रम गरेका हुन् ।

रक्तदानवाट ४४ पिन्ट रगत संकलन भएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए । उनका अनुसार विद्यार्थी, डाक्टर, नर्श र स्थानीय सर्वसाधरणले रक्तदान गरेका छन् । संकलन भएको रगत रेडक्रसलाई नै जिम्मा लगाइएको केएमसीले जनाएको छ ।

Advertisement

केएमसीले सामाजिक सेवामूलक काममा जोड दिदैं आएको छ । सोही अनरुप रक्तदान कार्यक्रम गरिएको हो । केएमसीले बिभिन्न जिल्लामा पुगेर स्वास्थ्य शिविर सञ्चालन गरी ग्रामिण क्षेत्रका विपन्न विरामीहरुको निःशुल्क उपचार पनि गर्दै आएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!