सरकारी पैसा वाणिज्य बैंकमा सार्ने तयारी
काठमाडौँ, २३ पुस । राष्ट्र बैंकमा खोलिएका सरकारी खातामा रहेको पैसा वाणिज्य बैंकहरूमा स्थानान्तरण गर्ने तयारी भएको छ । उद्योगी व्यवसायी र बैंकहरूको आग्रहमा सरकारले आफ्नो ढुकुटीमा रहेकोमध्ये केही रकम वाणिज्य बैंकहरूमा पठाउन लागेको हो ।
उक्त रकम कुन विधि र प्रक्रियामार्फत पठाउने भन्ने सम्बन्धमा गृहकार्य भइरहेको अर्थसचिव शंकरप्रसाद अधिकारीले बताए । ‘वित्तीय प्रणालीमा देखिएको तरलता अभावको समस्या व...



























