संगालोखबर

विराटनगर । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा आगामी साता सार्वजनिक गर्ने भएको छ । त्यसका लागि आवश्यक प्रक्रिया पूरा गरी प्रशोधनको कार्य भइरहेको जनाइएको छ ।

Advertisement

परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माका अनुसार साउन तेस्रो हप्ताभित्र नतिजा सार्वजनिक गर्ने तयारी भइरहेको छ । कक्षा १२ को परीक्षा गत वैशाखमा भएको थियो । उक्त परीक्षामा चार लाख ९६ हजार विद्यार्थी सहभागी भएका थिए ।

बोर्डका अनुसार नियमिततर्फ तीन लाख ९० हजार र ग्रेडवृद्धितर्फ एक लाख ६ हजार परीक्षार्थी सहभागी भएका थिए । देशभर एक हजार ५२५ परीक्षा केन्द्र र जापानमा एउटा परीक्षा केन्द्रमार्फत परीक्षा सञ्चालन भएको थियो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!