संगालोखबर

काठमाडौँ । पासाङ नाम्गेल शेर्पाले आठ हजार मिटरभन्दा अग्ला १४ वटा चुचुराको सफल आरोहण गरेका छन् । ती र अरु दुईवटा हिमालको सफल आरोहण गरेर उनी आज नेपाल फर्किएका छन् ।

Advertisement

नेपाल पर्वतारोहण सङ्घले उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेको थियो । उनी आठ हजार मिटरभन्दा अग्ला १४ वटा र थप दुईवटा चुचुराको सफल आरोहण गर्ने नेपालका एक मात्र आरोही हुन् ।

उनले १६ वटा चुचुराहरूको आरोहण गर्न २२ वर्ष लागेको भन्दै कठिन र लामो यात्रा तय गरेको बताए । उनले भने, ‘मलाई सबै १६ वटा चुचुराहरूको आरोहण गर्नका लागि २२ वर्ष लाग्यो । यात्रा कठिन नै थियो तर नेपाललाई यसरी चिनाउन पाउँदा खुसी लागेको छ ।’ यसको साथै, उनले आगामी दिनमा पनि फेरि यस्तै हिमालहरू चढ्ने सोचमा रहेको बताए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!