रातो हाब्रे संरक्षणका लागि विद्यालयबाट शिक्षा
इलाम। विश्वबाटै लोपोन्मुख अवस्थामा रहेको दुर्लभ रातो हाब्रे संरक्षणका लागि अब विद्यालयमा पठनपाठन शुरु गरिने भएको छ ।
स्थानीयस्तरबाटै संरक्षण र जनचेतना जगाउन आवश्यक ठान्दै हाब्रे संरक्षणमा क्रियाशील रेडपाण्डा नेटवर्कले वातावरण संरक्षणसम्बन्धी पाठ्यपुस्तक तयार पारी अध्ययन अध्यापन थाल्न लागेको हो ।
हाब्रे पाइने इलाम, पाँचथर र ताप्लेजुङका २८ विद्यालयमा वातावरण संरक्षणका लागि स्थानीय पाठ्यक्रम बनाएर ...
