धादिङ । उत्तरी धादिङको इलाका प्रहरी कार्यालय, दार्खामा कार्यरत सहायक प्रहरी निरीक्षक वीरबहादुर गुरुङको शव आज बिहान ६ बजे इलाका प्रहरी कार्यालयनजिकै मकैबारीमा फेला परेको छ ।

बिहीबार राति ११ बजे सुतेका गुरुङको लास आज बिहान मकैबारीमा फेला परेको जानकारी प्राप्त हुनआई अनुसन्धानका लागि प्रहरी टोली घटनास्थलमा जान लागेकाले अरू कुरा अनुसन्धानपछि मात्र थाहा हुने प्रहरी नायब उपरीक्षक दीपेन्द्र पँजियारले बताए ।

धादिङबेसीबाट घटनास्थलको दूरी ३५ किमी रहेको र कच्ची बाटो भएकाले वर्षाका कारण अहिले सिधै गाडी चल्न नसकी सल्यानटारको बाटोबाट रिम्नेसम्म फोरह्विल भएको सानो गाडीमा गई त्यहाँबाट तीनघण्टा पैदल हिँड्नु पर्ने हुन्छ । रासस

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!