भिखारी संघको अध्यक्षको घरमा बोराभित्र भेटियो तीन लाख
विराटनगर । डुबानमा परेका भिखारी संघ मोरङका अध्यक्ष महेश मण्डलको घरबाट तीन लाख १५ हजार रकम फेला परेको छ ।
विराटनगर–७ स्थित सिंघिया खोलाको बाढीले उनको घर भत्काएको थियो ।
सो घरलाई हिजो नेपाली सेना र सुरक्षाकर्मीको टोलीले सरसफाइ गर्ने क्रममा बोरामा राखिएका अवस्थामा सो रकम फेला परेको हो ।
अधिकांश नोट भिजेको अवस्थामा फेला परेको थियो । सोमध्ये एक हजारको नोट एक लाख नौ हजार बाँकी नोट ५०० र १०० को रहेक...
























