
बेइजिङ। चिनियाँ कम्पनीले मानवीय स्वभाव भएका सेक्स डल निर्माण गरेका छन् । जसले रिसाउँदा पनि गीत गाउने तथा हँसाउने गर्छन्।
चिनियाँ दुई कम्पनीहरू डल स्विट डल र एक्स डल नामक कम्पनीहरूले यस्ता प्रकारका सेक्स डलहरूको निर्माण गरेका छन्।
निर्माण पक्षले स्मार्ट फोनको सहायताले त्यस्ता डलहरूले रिसाएको समयमा समेत हँसाउदै गीत गाउँदै सन्तुष्टि दिन सक्ने दाबी गरेको छ।
हाल यस्ता डलहरू चिनियाँ भाषामा मात्रै उपलब्ध हुने भएतापनि यसको विस्तार अन्तर्राष्ट्रिय स्तरमा समेत गरिने निर्माण पक्षले बताएको छ। यस्ता डलहरू अंग्रेजी तथा जापानी भाषामा विश्व बजारमा उपलब्ध गराइने निर्माण पक्षले बताएको छ।
यस्ता डलहरूको मूल्य ४५ सय यूरो पर्ने यसको आधिकारिक निर्माण कम्पनीले बताएको छ । यस्ता डलहरू महिला तथा पुरूष दुवैका लागि उपलब्ध हुने छन् ।-एजेन्सी















