Advertisement

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल प्रकाशित गरेको छ । परीक्षामा नियमिततर्फ ४८ दशमलव १७ प्रतिशत उत्तीर्ण भएका परीक्षा नियन्त्रक डम्बर बतासले जानकारी दिए ।

उनका अनुसार नियमिततर्फ कुल एक लाख ७५ हजार ५९३ परीक्षार्थी सहभागी भएकामा ८४ हजार ५९३ परीक्षार्थी उत्तीर्ण भएका छन् ।

त्यसैगरी आंशिकतर्फ एक लाख २३ हजार १२१ विद्यार्थीले परीक्षा दिएकामा ४८ हजार ७३६ जना उत्तीर्ण भएका छन् ।

कक्षा १२ को परीक्षा गत वैशाख १० गतेदेखि सञ्चालन भएको थियो । बोर्डले विज्ञान संकायको परीक्षाफल भने गत साउन २० गते नै प्रकाशन गरेको थियो ।

परीक्षा नियन्त्रण कार्यालयले नेपाल टेलिकका प्रयोगकर्ताले १६०१ मा फोन गरेर नतिजा हेर्न सक्ने व्यवस्था गरेको छ । यस्तै http://www.neb.gov.np/  वा https://www.ntc.net.np/ बाट पनि नतिजा हेर्न सकिनेछ ।

सहभागि हुन साढे ३ लाख परीक्षार्थीले परिक्षा दिएका थिए । राष्ट्रिय परीक्षा बोर्डले विज्ञान संकायको नतिजा भने गत साउन २० गते प्रकाशित गरिसकेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!