भारतले सन् २०२२ मा जी–ट्वान्टी शिखर सम्मेलनको आयोजना गर्ने

भारतले सन् २०२२ मा जी–ट्वान्टी शिखर सम्मेलनको आयोजना गर्ने

अर्जेन्टिना, १६ मङ्सिर । भारतले आफ्नो ७५ औँ स्वतन्त्रता दिवसका अवसरमा सन् २०२२ को जी–ट्वान्टी शिखर सम्मेलनको आयोजना गर्ने प्रधानमन्त्री नरेन्द्र मोदीले बताएका छन । प्रधानमन्त्री नरेन्द्र मोदीले अर्जेन्टिनामा भएको घोषणा जी–ट्वान्टी शिखर सम्मेलनको तेस्रो दिनको समापन समारोहमा घोषणा गरेका हुन । खासगरी उक्त सम्मेलनका लागि भारतको पालो सन् २०२१ मा पर्ने भएपनि एक बर्षपछि आफ्नो ७५औँ स्वतन्त्रता दिवस परे...
सेती जलविद्युत् आयोजनाको प्राविधिक काम शुरु

सेती जलविद्युत् आयोजनाको प्राविधिक काम शुरु

खस्यौली, १६ मङ्सिर । सामूहिक लगानीमा सञ्चालन हुन लागेको सेती जलविद्युत् आयोजनाको प्राविधिक काम शुरु भएको छ । भिजन लुम्बिनीले आज बुटवलमा आयोजना गरेको पत्रकार भेटघाटमा आयोजनाको सर्वेक्षण कार्य पूरा भई आवश्यक पर्ने गृहकार्यसहित प्राविधिक कार्य अघि बढेको र आगामी असोजपछि निर्माण कार्यसमेत शुरु हुने आयोजनाका अध्यक्ष जगत् पोखरेलले जानकारी दिनुभयो । करीब रु पाँच अर्ब लगानी गरिने २५ मेघावाट क्षमताको सो आ...
सम्मेलनमा सरकारको संलग्नता भएकामा काँग्रेसको आपत्ति

सम्मेलनमा सरकारको संलग्नता भएकामा काँग्रेसको आपत्ति

काठमाडौँ, १६ मङ्सिर । नेपाली काङ्ग्रेसले अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको आयोजनामा काठमाडौँमा भइरहेको अन्तर्राष्ट्रिय सम्मेलनमा सरकारसमेत आयोजकको भूमिकामा संलग्न भएको भनी आरोप लगाएको छ । प्रमुख प्रतिपक्षी दल काङ्ग्रेसले आज पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरेको पत्रकार सम्मेलनमा पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीको केन्द्रीय कार्यसमितिको आजको बैठकले सम्मेलनमा सरकारको संलग्नता संविधानव...
सार्क सम्मेलन पाकिस्तानमा गराउन नेपालले भूमिका खेल्ने

सार्क सम्मेलन पाकिस्तानमा गराउन नेपालले भूमिका खेल्ने

काठमाडौँ, १६ मङ्सिर । प्रधानमन्त्री केपी शर्मा ओलीले दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को १९औँ शिखर सम्मेलन पाकिस्तानमा गराउन नेपालका तर्फबाट भूमिका निर्वाह गरिने बताउनुभएको छ । ‘एशिया प्रशान्त शिखर सम्मेलन’ मा भाग लिन नेपालको भ्रमणमा रहनुभएका पाकिस्तानका पूर्वप्रधानमन्त्री युसुफ राजा गिलानीसँगको भेटवार्तामा प्रधानमन्त्री ओलीले सार्कको अध्यक्ष मुलुक भएको हिसाबले नेपाल पाकिस्तानमा शि...
एड्सबाट आठको मृत्यु

एड्सबाट आठको मृत्यु

सल्यान, १६ मङ्सिर । एचआइभी एड्सका कारण आठ जनाको मृत्यु भएको छ । विसं २०६८ देखि हालसम्म सङ्क्रमित आठ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा २० देखि ६० वर्ष उमेरका छन् । अहिले जिल्लामा एचआइभी सङ्क्रमितको सङ्ख्या ३० रहेको सो क्षेत्रमा काम गर्दै आएको संस्था शारदा प्लसले जनाएको छ । जसमध्ये १२ जना बालबालिका रहेका छन् । सङ्क्रमित बालबालिकामध्ये पाँच जना काठमाडौँका बेवी केयर होममा रहेका प्लसका टोलीनेता थम...
‘तृतीय अन्तर्राष्ट्रिय साहित्य सम्मेलन’ कोलकातामा हुने

‘तृतीय अन्तर्राष्ट्रिय साहित्य सम्मेलन’ कोलकातामा हुने

काठमाडौँ, १६ मङ्सिर । भारत–नेपाल जनमैत्री सांस्कृतिक मञ्च, कोलकाताको आयोजनामा कोलकातामा यही मङ्सिर २२–२३ गते ‘तृतीय अन्तर्राष्ट्रिय साहित्य सम्मेलन’ हुने भएको छ । नयाँ दिल्लीस्थित नेपाली राजदूतावास, कोलकातास्थित नेपाली महावाणिज्यदूतावास, बिपी कोइराला फाउण्डेशन नयाँ दिल्ली, नेपाली व्यावसायिक समिति कोलकाता, ओसनिक एक्सप्रेस एलएलपी, क्लालकोक्स सिण्डिकेट प्रालि, जुपिटर कार्गाे र संयुक्त नेपाली केन्द्र...
अन्तुमा पर्यटक बढेसँगै पूर्वाधार अभाव

अन्तुमा पर्यटक बढेसँगै पूर्वाधार अभाव

पशुपतिनगर, १६ मङ्सिर । अन्तुमा पर्यटकको चाप बढे पनि पर्यटन पूर्वाधारको अभाव भएको छ । सूर्योदयको दृश्यावलोकनसँगै हरियाली चिया बगानमा रमाउन अन्तुमा दैनिक सात हजारसम्म पर्यटक पुग्ने गरेका भए पनि पूर्वाधारको अभाव भएको हो । ग्रामीण पर्यटकीयस्थलको गतिलो गन्तव्य बनेको अन्तुमा पार्किङस्थल, पदमार्ग, खानेपानी र सार्वजनिक शौचालयको अभाव रहेको छ । बिहान झिसमिसेमा सूर्योदय हेर्न जङ्गलको बाटो भएर जानुपर्ने भए...
एसिया प्यासिफिक समिट : चर्चको प्रशंसा, हानको सम्मान

एसिया प्यासिफिक समिट : चर्चको प्रशंसा, हानको सम्मान

काठमाडौँ, १६ मंसिर । युनिफिकेसन चर्चको प्रशंसा र त्यसकी प्रमुख हक जा हान (म्याडम मुन) को सम्मानमा शिर निहुर्‍याउँदै नेपाललगायत ५० देशका उच्च पदस्थहरूले ‘एसिया प्यासिफिक समिट’ को शनिबार उद्घाटन गरेका छन् । सम्मेलन ‘म्याडम मुन’ र उनको चर्चको प्रचारका लागि गरिएको भन्दै प्रमुख प्रतिपक्षी कांग्रेस त्यसमा सहभागी भएन । ‘धर्म प्रचार गर्ने एउटा संस्थामा सरकार सहआयोजक हुनु नै दु:खद हो, यसमा राज्यका सबै ...
ट्याक्टर दुर्घटनामा दुईको मृत्यु

ट्याक्टर दुर्घटनामा दुईको मृत्यु

दमौली, १६ मङ्सिर । तनहुँको घिरिङ गाउँपालिका–३ सिलिङमा शनिबार राति ११ बजे ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्याक्टर चालक भीमाद नगरपालिका–१ बस्ने २६ वर्षीय इन्द्रबहादुर नेपाली र घिरिङ गाउँपालिका–३ बस्ने ३६ वर्षीय शुकबहादुर विक रहेका छन् । उनीहरुको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । सिलिङ भन्ने ठाउँबाट घिरिङ बजारमा पराल लिएर आउँदै गरेको न...
राष्ट्रपति भण्डारी पोल्याण्डमा

राष्ट्रपति भण्डारी पोल्याण्डमा

वार्सा, पोल्याण्ड, १६ मङ्सिर । राष्ट्रपति विद्यादेवी भण्डारी कोप २४ को विश्व सम्मेलनलाई सम्बोधन गर्ने सिलसिलामा पोल्याण्डको राजधानी वार्सा आइपुग्नुभयो । उहाँलाई पोल्याण्डका लागि नेपाली राजदूत रमेशप्रसाद खनालले चोपिन वार्सा अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नुभयो । उहाँका साथ वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत, सांसद पूर्णकुमारी सुवेदी, कृष्णगोपाल श्रेष्ठ, पुष्पा भुसाल, चन्द्रा चौधरी ...
निर्मलालाई न्याय खोज्दा सरकारको धम्की र अवरोध

निर्मलालाई न्याय खोज्दा सरकारको धम्की र अवरोध

काठमाडौँ, १६ मंसिर । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तको पक्षमा केही दिनयता भएका कार्यक्रममा सरकारले हस्तक्षेप गर्न थालेको छ। राजधानीमा शुक्रबारदेखि भइरहेको एसिया प्यासिफिक सम्मेलनको बहानामा सरकारले निर्मलाको पक्षमा भइरहेका प्रदर्शन र सांकेतिक विरोधलाई रोक्न खोजेको हो। निर्मलालाई न्याय माग्दै शुक्रबार मात्रै माइतीघर मण्डला क्षेत्रमा टाँसिएका पोस्टर माथिको आदेश भन्दै च्याते...
नेपाली विमानलाई युरोपेली भुमिमा उडाउन प्रतिबन्ध

नेपाली विमानलाई युरोपेली भुमिमा उडाउन प्रतिबन्ध

काठमाडौँ, १६ मंसिर । नेपाली विमानलाई आफ्नो भुमिमा उड्न प्रतिबन्ध लगाउने गरी कालोसुचीमा राखेको युरोपियन युनियन (ईयु)ले त्यसलाई पुनः निरन्तरता दिएको छ । (ईयु)को हवाई क्षेत्रसँग सम्बन्धित ६ / ६ महिनामा हुने बैठकले कालोसुचीमा राख्ने निर्णयलाई निरन्तरता दिएको हो ।, आजकोकान्तिपुर दैनिकमा यो खबर छ । ईयुले सन् २०१३ देखि नेपालको हवाई सुरक्षा क्षेत्र कमजोर रहेको भन्दै नेपाली विमानलाई युरोपेली भुमिमा उडाउन...
नेविसङ्घले जिल्ला अधिवेशन गर्न प्रतिनिधि खटायो

नेविसङ्घले जिल्ला अधिवेशन गर्न प्रतिनिधि खटायो

काठमाडौँ, १५ मङ्सिर । नेपाल विद्यार्थी सङ्घले देशभर जिल्ला अधिवेशन सम्पन्न गर्न केन्द्रीय प्रतिनिधि खटाएको छ । नेविसङ्घले पुस २८ देखि ३० गतेसम्म हुने १२औँ महाधिवेशन सम्पन्न गर्नका लागि आज ७७ वटै जिल्लामा प्रतिनिधि खटाएको हो । अध्यक्ष नैनसिंह महरले सङ्घको विधान र नियमावलीअनुसार सबै जिल्लामा निर्वाचन सम्पन्न गर्न केन्द्रबाट प्रतिनिधि खटाएको जानकारी दिए । “सङ्घको विधान र नियमावलीअनुसार काम नगर्ने...
सुर्खेतमा बस दुर्घटना हुँदा दुईको मृत्यु, १२ जनाको अवस्था गम्भीर

सुर्खेतमा बस दुर्घटना हुँदा दुईको मृत्यु, १२ जनाको अवस्था गम्भीर

सुर्खेत, १५ मङ्सिर । बीरेन्द्रनगर नगरपालिका–१४ स्थित भे १ ख ८४९ नम्बरको बस दुर्घटना हुँदा आज बेलुका दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा लेकबसी नगरपालिका–८ गगनेपानी सुर्खेतकी ४० वर्षीया जानकी दर्लामी र सोही वडाकी २२ वर्षीया देउमाया वन्काटी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक शङ्कर श्रेष्ठले जानकारी दिए । उनका अनुसार उक्त घटनामा ५० जना घाइते भएकोमा १२ जनाको अवस्था गम्भीर ...
शहीद स्मारक ‘ए’ डिभिजन लिग: मनाङको लगातार पाँचौ जित

शहीद स्मारक ‘ए’ डिभिजन लिग: मनाङको लगातार पाँचौ जित

काठमाडौँ, १५ मङ्सिर । उपाधी होडमा रहेको मनाङ मस्र्याङ्दी क्लबले जारी शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा लगातार पाँचौ जित निकालेको छ । हल्चोकस्थित सशस्त्र प्रहरी बलको खेल मैदानमा आज भएको खेलमा सरस्वती युथ क्लबलाई २–० गोलले पराजित गरेर मनाङले लगातार पाँचौ जीत निकालेको हो । मनाङको जीतमा अञ्जन विष्ट र आफिज ओलावालेले एक एक गोल गरे । खेलको ५५औँ मिनेटमा अञ्जनको गोलबाट अग्रता बनाएको थियो ।...
अमेरिकाका पूर्वराष्ट्रपतिको निधनप्रति काङ्ग्रेसद्वारा दुःख व्यक्त

अमेरिकाका पूर्वराष्ट्रपतिको निधनप्रति काङ्ग्रेसद्वारा दुःख व्यक्त

काठमाडौँ, १५ मङ्सिर । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले अमेरिकाका पूर्वराष्ट्रपतिको जर्ज डब्लु बुशको निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ । पार्टी सभापति शेरबहादुर देउवाले आज एक विज्ञप्ति जारी गरी अमेरिकाका ४१औँ राष्ट्रपति बुशको ९४ वर्षको उमेरमा भएको निधनप्रति गहिरो दुःख व्यक्त गर्नुभएको हो । “पूर्वराष्ट्रपति बुशको निधनको खबरबाट म र मेरो पार्टी नेपाली काङ्ग्रेसलाई स्तब्ध बनाएको छ”, विज्ञप...
स्वर सम्राट नारायणगोपालको सम्झना

स्वर सम्राट नारायणगोपालको सम्झना

काठमाडौँ, १५ मङ्सिर । स्वर सम्राट नारायणगोपालले नेपाली साङ्गीतिक क्षेत्रमा पु¥याउनुभएको योगदान उल्लेखनीय रहेकोमा जोड दिइएको छ । नारायणगोपालको २८ औँ स्मृति दिवस एवं सङ्गीत शिला प्रतिष्ठानको १५ औँ वार्षिक साधारणसभाका अवसरमा आज आयोजित कार्यक्रममा सांसद गगनकुमार थापाले स्वरकै माध्यमबाट स्रोतालाई मन्त्रमुग्ध बनाउने उनले नेपाली सङ्गीत क्षेत्रमा महत्वपूर्ण योगदान दिएको बताए । कार्यक्रममा सङ्गीतकार डा...
पोखरामा अन्तर्राष्ट्रिय ग्रेट हिमालयन महोत्सव हुने

पोखरामा अन्तर्राष्ट्रिय ग्रेट हिमालयन महोत्सव हुने

काठमाडौँ, १५ मङ्सिर । पाँचौँ अन्तर्राष्ट्रिय ग्रेट हिमालयन महोत्सव आगामी मङ्सिर २४ देखि २६ गतेसम्म पोखरामा आयोजना हुने भएको छ । अन्तर्राष्ट्रिय पर्वतीय दिवसका अवसरमा नेपाल पर्वतारोहण सङ्घ (एनएमए) ले पोखरास्थित अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालय परिसरमा महोत्सवको पाँचौँ संस्करण गर्न लागेको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । महोत्सव सफल पार्न सङ्घका अध्यक्ष सन्तवीर लामाको अध्यक्ष...
वर्षा र हिमपातको सम्भावना

वर्षा र हिमपातको सम्भावना

काठमाडौँ, १५ मङ्सिर । मुलुकका पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमानसम्बन्धी विज्ञप्ति जारी गर्दै पहाडी भेगका एक दुई स्थानमा हल्का वर्षा हुनाका साथै उच्च हिमाली भूभागमा हिमपातको सम्भावना औँल्याएको छ । आज उच्च हिमाली भूभागका कही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । रातको समयमा पश्चिमी त...
विश्वका सबै मजदूर एक हुन आह्वान

विश्वका सबै मजदूर एक हुन आह्वान

काठमाडौँ, १५ मङ्सिर । अक्टोबर क्रान्ति शतवार्षिकी समितिले क्रान्तिले एक शताब्दी काटिसकेको उपलक्ष्यमा आज आयोजना गरेको कार्यक्रममा विश्वका मजदूरलाई एक हुन आह्वान गरेको छ । सबै मजदूर एक भएर अघि बढे मात्र विश्वलाई उचाइमा लान सकिने समितिका संयोजक स्वनाम साथीले बताउनुभयो । “नेपालमा अझै पनि असमानता र विकृति उस्तै छ, धनीको दमनबाट श्रमिकलाई माथि ल्याउनु आजको आवश्यकता हो”, उहाँले भन्नुभयो । अक्टोबर क्रान...
कक्षा ११ को रजिष्ट्रेशन फाराम भर्ने म्याद पुनः थप

कक्षा ११ को रजिष्ट्रेशन फाराम भर्ने म्याद पुनः थप

काठमाडौँ, १५ मङ्सिर । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को रजिष्ट्रेशन फारम भर्ने समय पुनःथप गरेको छ । बोर्डले एक सूचना जारी गदै रजिष्ट्रेशन आवेदन फाराम भर्ने म्याद थपेको हो । निर्धारित समयमा धेरै विद्यार्थीको फाराम भर्न छुटेको भन्ने गुनासो आएपछि भर्ने म्याद पुनःथप गरिएको बोर्डले जनाएको छ । शैक्षिक सत्र २०७५ / ०७६ मा कक्षा ११ मा भर्ना भएका विद्यार्थीका लागि बोर्डले शैक्षिक कार्यतालिकानुरुप गत ...
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ब्लड बैंक शुरु

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ब्लड बैंक शुरु

जुम्ला, १५ मङ्सिर । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा ब्लड बैंक स्थापना गरिएको छ । रक्तदान कार्यक्रम गरी ब्लडबैंकको शुरुआत गरिएको रजिष्ट्रार विश्वराज काफ्लेले जानकारी दिनुभयो । यहाँ ब्लडबैंक नभएका कारण निकै ठूलो समस्या हुने गथ्र्याे । अब रगत अभाव हुन नदिने उहाँको भनाइ छ । प्रतिष्ठानमा अहिले ‘९० प्याकेट’ रगतसहितको भण्डार क्षमताको यन्त्र र अन्य सामग्री राखिएको ल्याब इञ्...
घरेलु तथा साना उद्योग विकास समितिको अध्यक्षमा खगेन्द्र नेपाल चयन

घरेलु तथा साना उद्योग विकास समितिको अध्यक्षमा खगेन्द्र नेपाल चयन

काठमाडाैँ, १५ मंसिर । घरेलु तथा साना उद्योग विकास समिति एकीकृत कर्मचारी सङ्घ केन्द्रीय कार्य समितिको अध्यक्षमा धनकुटा महालक्ष्मी नगरपालिका - ७ का खगेन्द्र नेपाल चयन भएका छन । समितिको शुक्रबार सम्पन्न सातौँ राष्ट्रिय महाधिवेशनले नेपालको अध्यक्षतामा २९ सदस्यीय कार्यसमिति चयन गरेको हो । उपाध्यक्षमा प्रचण्डकुमार न्यौपाने, महासचिवमा मिनराज खडका, कोषाध्यक्षमा कल्पना शर्मा, सचिवमा तारा पोखरेल र सहकोषा...
‘कम्युनिकेशन अवार्ड–२०१८’ डा. वाग्लेलाई

‘कम्युनिकेशन अवार्ड–२०१८’ डा. वाग्लेलाई

काठमाडौँ, १५ मङ्सिर । यस वर्षको ‘कम्युनिकेशन अवार्ड–२०१८’ राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा स्वर्णिम वाग्लेलाई प्रदान गरिएको छ । नेपाल टोस्टमास्टर्सले आज यहाँ आयोजना गरेको आफ्नो पहिलो डिभिजन सम्मेलनका अवसरमा सो सम्मान पहिलो पटक गैर टोस्टमास्टर सदस्य डा वाग्लेलाई प्रदान गरिएको हो । नेपालमा टोस्टमास्टर्सको गतिविधि बढिरहेको सन्दर्भमा नेपाल टोस्टमास्टर्सले १४ क्लब र करीब ५०० सदस्यका साथमा प...
कपिलवस्तुमा पाँच सय एचआइभी सङ्क्रमित

कपिलवस्तुमा पाँच सय एचआइभी सङ्क्रमित

कृष्णनगर, १५ मङ्सिर । कपिलवस्तुमा ५०१ जना एचआइभी एड्स सङ्क्रमित रहेको पाइएकोे छ । जिल्लामा फेला परेका ५०१ जनाले अहिले ‘एआरटी’ नामक औषधि सेवन गरी रहेका छन् । तीमध्ये ५६ जना बालबालिका रहेका छन् । सङ्क्रमित बालबालिकालाई मासिक एक हजारका दरले भत्ता उपलब्ध गराउँदै आएको समर्पण सहयोग समूहका प्रशिक्षक रामबहादुर भरले जानकारी दिए । विश्व एड्स दिवसको अवसरमा आयोजित अन्तक्र्रिया कार्यक्रममा कपिलवस्तुमा एच...
पाख्रीबासको सिमसार तालमा बोटिङ सरर…

पाख्रीबासको सिमसार तालमा बोटिङ सरर…

धनकुटा, १४ मंसिर । धनकुटाको पाख्रीबासमा रहेको पर्यटकीयस्थल संसारी सीमसार तालमा बोट (डुंगा) सञ्चालन थालिएपछि पर्यटकको आकर्षण बढेको छ । पाख्रीबास बजारबाट नजिकै रहेको स्थानमा आकर्षक ताल निर्माण गरिएसंगै पुनः डुंगा सञ्चालन थालिएको हो । डुंगा सञ्चालनमा आएपछि विगत भन्दा दोब्बर संख्यामा पर्यटक बढेको संसारी सीमसार संरक्षण क्षेत्रका अध्यक्ष ज्ञानबहादुर गुरुङले बताए । ३० फिट अग्लो बुद्धको प्रतिमा र जोर ...
अनुमतिबिना निजी विद्यालय सञ्चालित

अनुमतिबिना निजी विद्यालय सञ्चालित

बर्दिवास, १४ मङ्सिर। महोत्तरी जिल्लामा अनुमतिबेगर सञ्चालित संस्थागत (निजी) विद्यालय छ्यास्छ्यास्ती छन् । जिल्लाका १० नगरपालिका र पाँच गाउँपालिका गरी १५ वटै स्थानीय तहमा यस्ता विद्यालय रहेका जिल्ला शिक्षा समन्वय एकाइ कार्यालयले जनाएको छ । पछिल्लो समय संविधानले विद्यालय सञ्चालन, तथा व्यवस्थापनको कार्य सम्बन्धित स्थानीय तहले गर्ने किटानी व्यवस्था गरेकाले त्यस्ता विद्यालयलाई व्यवस्थित गरिनुपर्ने उक...
अरुण तेस्रो आयोजनाप्रति घट्यो उद्योगी व्यवसायीको उत्साह

अरुण तेस्रो आयोजनाप्रति घट्यो उद्योगी व्यवसायीको उत्साह

विराटनगर, १४ मङ्सिर । अरुण तेस्रो आयोजनाका लागि भारतीय निर्माण कम्पनीले गिट्टी र बालुवाबाहेक सबै सामग्री भारतबाटै आपूर्ति गर्ने भनिएपछि यहांँका उद्योगी एवं व्यवसायीमा उत्साह कम देखिएको छ । नेपाल सरकार, परियोजना विकासकर्ता एसजेभिएन र अरुण–३ पावर डेभलप्मेन्ट कम्पनी प्रालि(एसएपिडिसी)ले संयुक्त रुपमा आज यहाँ आयोजना गरिएको अन्तरक्रियामा उद्योग सङ्गठन मोरङका पूर्वअध्यक्ष अशोक मुरारकाले योजनामा लाग्ने...
राजधानीमा प्रहरी नै लुटेरा, पैसा लुट्ने दुई हवल्दार पक्राउ

राजधानीमा प्रहरी नै लुटेरा, पैसा लुट्ने दुई हवल्दार पक्राउ

काठमाडौँ, १३ मंसिर । नक्कली सुन देखाएर मंगलबार राति बल्खुमा भएको लुटपाटको घटनामा प्रहरीकै संलग्नता खुलेको छ । घटनालगत्तै पीडितले खबर गरेपछि प्रहरीले सुरु गरेको अप्रेसनमा नक्कली सुन र नगदसहित पक्राउ पर्नेमा दुईजना प्रहरी हवल्दार भएको खुलेको हो । महानगरीय प्रहरी प्रभाग बल्खुबाट खटिएको सिआरभी टोलीले राति ११ बजेतिर लुटपाटस्थलनजिकै एक केजी नक्कली सुन र ३६ लाख ६५ हजार रुपैयाँसहित पाँचजनालाई पक्राउ गर...
पञ्चानब्बे वर्षमा नागरिकता

पञ्चानब्बे वर्षमा नागरिकता

लमजुङ, १२ मङ्सिर । लमजुङका एक ९५ वर्षीय वृद्धले नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गर्नुभएको छ । बेंसीशहर नगरपालिका–१ पौडेल गाउँका सूर्यप्रसाद वस्तीले बुधबार नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गर्नुभएको हो । प्रमुख जिल्ला अधिकारी झम्कनाथ ढकालले उहाँको घरमै गएर नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गर्नुभयो । यसअघि विसं २०३७ मा गाउँमा आएको टोलीबाट उहाँले अस्थायी निस्सा लिनुभएका थियो । “वृद्धा...
भ्रष्टाचारको मुख्य जिम्मेवार राजनीतिक दलहरू

भ्रष्टाचारको मुख्य जिम्मेवार राजनीतिक दलहरू

काठमाडौँ, १३ मंसिर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको मुख्य कारक राजनीतिक दल भएको निष्कर्ष निकालेको छ। सरकारी कार्यालयमा हुने अनियमितता, भ्रष्टाचार र घुस लेनदेनको मुख्य जिम्मेवार पक्ष दल र तिनका कार्यकर्ता भएको आयोगको अध्ययनमा पाइएको छ। अध्ययन अनुसार भ्रष्टाचारका घटनामध्ये २५.५ प्रतिशतमा राजनीतिक दल र कार्यकर्ता जिम्मेवार छन्। १७.२ प्रतिशत भ्रष्टाचारमा भने मध्यस्थकर्ता, ठेकेदार र प...
error: Content is protected !!