काठमाडौँ, १५ मङ्सिर । स्वर सम्राट नारायणगोपालले नेपाली साङ्गीतिक क्षेत्रमा पु¥याउनुभएको योगदान उल्लेखनीय रहेकोमा जोड दिइएको छ ।

Advertisement

नारायणगोपालको २८ औँ स्मृति दिवस एवं सङ्गीत शिला प्रतिष्ठानको १५ औँ वार्षिक साधारणसभाका अवसरमा आज आयोजित कार्यक्रममा सांसद गगनकुमार थापाले स्वरकै माध्यमबाट स्रोतालाई मन्त्रमुग्ध बनाउने उनले नेपाली सङ्गीत क्षेत्रमा महत्वपूर्ण योगदान दिएको बताए ।

कार्यक्रममा सङ्गीतकार डा ध्रुवेशचन्द्र रेग्मी, प्रतिष्ठानका अध्यक्ष बद्रीप्रसाद प्रसाईँलगायतले नारायणगोपालले नेपाली साङ्गीतिक क्षेत्रमा पु¥याउनुभएको योगदानका बारेमा चर्चा गरे।

प्रतिष्ठानको साधारणसभाले प्रसाईँकै अध्यक्षतामा नौ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ ।

वरिष्ठ उपाध्यक्षमा ठाकुरप्रसाद पौडेल, महासचिवमा त्रिलोचन पौडेल, सचिवमा वसन्तकेशर पण्डित र कोषाध्यक्षमा मीना पोखरेल निर्विरोध निर्वाचित भएका हुन । सदस्यमा योगराज ढकाल, माधव चालिसे, श्यामसागर श्रेष्ठ र दुर्गा गिरी रहेका छन ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!