संगालोखबर सम्वाददाता

धनकुटा, १४ मंसिर । धनकुटाको पाख्रीबासमा रहेको पर्यटकीयस्थल संसारी सीमसार तालमा बोट (डुंगा) सञ्चालन थालिएपछि पर्यटकको आकर्षण बढेको छ ।

Advertisement

पाख्रीबास बजारबाट नजिकै रहेको स्थानमा आकर्षक ताल निर्माण गरिएसंगै पुनः डुंगा सञ्चालन थालिएको हो । डुंगा सञ्चालनमा आएपछि विगत भन्दा दोब्बर संख्यामा पर्यटक बढेको संसारी सीमसार संरक्षण क्षेत्रका अध्यक्ष ज्ञानबहादुर गुरुङले बताए ।

३० फिट अग्लो बुद्धको प्रतिमा र जोर पोखरी अनि वरिपरि चिया बगान र हरियो चौरले सजिएको उक्त क्षेत्र पर्यटकीयस्थल हिले बजारबाट करिब ६ किलोमीटर दुरीमा पर्दछ ।

सीमसार तालमा सुरु गरिएको डुंगा प्रदेश सांसद कुसुमकुमारी श्रेष्ठ र पाख्रीबास नगरपालिकाका प्रमुख बिर्खबहादुर राईले संयुक्त रुपमा उद्घाटन गरे । वि.सं.२०६९ सालदेखि सीमसार संरक्षण क्षेत्रमा थालिएको निर्माण कार्य पछिल्लो समय आकर्षक स्थलको रुपमा पाएपछि स्थानीयबासी समेत खुःसी छन् ।

सीमसार क्षेत्र संरक्षणमा हालसम्म करिब ८० लाख रुपैया लगानी भइसकेको जनाईएको छ । २२ लाखको लागतमा आकर्षक बुद्ध प्रतिमा निर्माण गरिएको छ । त्यहा रहेका जोर पोखरीमा माछा पालनसमेत गरिएको छ । १५ फिट गहिरो पोखरीमा हाल दुई वटा डुंगा सञ्चालन गरिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!