आलेख : दुई लाख किलो रक्तचन्दन कुहिँदै
काठमाडौँ । अवैध रुपमा चीन पठाउन खोजिँदा बरामद भएको दुई लाख १० हजार १२० किलोग्राम रक्तचन्दन काठ समयमै उचित व्यवस्थापन गर्न नसक्दा सड्ने अवस्थामा पुगेको छ ।
विभिन्न जिल्लाबाट विगत १० वर्षमा बरामद ती रक्तचन्दन शुरुमा आवश्यक कानूनको अभावमा र पछि कानून बने पनि सो कानूनअनुसार सम्बन्धित मुलुक ९भारत० ले फिर्ता लैजान नमानेपछि अलपत्र परेको हो । अन्तर्राष्ट्रिय कानूनअनुसार रक्तचन्दन बिक्रीवितरण गर्न प्रति...
