चन्द्र सुर्य (कविता)
उदाई रहेछ सुर्य
पुर्व आकाशमा हर दिन
अनि उदाई रहेछ चन्द्रमा पश्चिम आकाशमा हर रात ।
तर यि दुवै एक आपसमा
कहिल्यै भेट गर्दैनन
कहिल्यै नजर जुधाउँदैनन
न त कहिल्यै कहिल्यै मायाँ नै लाउँछन ।
यी दुवै पल-पल तड्पि रहेका छन
एक आपसमा समाहित हुन
जसरी नदीका दुई किनारा
जसरी चुम्वकका दुई ध्रुव ।
तर यी दुवै लाचार छन
त्यसैले यो दुनियाँलाई
आफ्नो व्यथा अनी व्यासको दुरी
कुनै वेदना अनि कथा नसुनाई...


















