
उदाई रहेछ सुर्य
पुर्व आकाशमा हर दिन
अनि उदाई रहेछ चन्द्रमा पश्चिम आकाशमा हर रात ।
तर यि दुवै एक आपसमा
कहिल्यै भेट गर्दैनन
कहिल्यै नजर जुधाउँदैनन
न त कहिल्यै कहिल्यै मायाँ नै लाउँछन ।
यी दुवै पल-पल तड्पि रहेका छन
एक आपसमा समाहित हुन
जसरी नदीका दुई किनारा
जसरी चुम्वकका दुई ध्रुव ।
तर यी दुवै लाचार छन
त्यसैले यो दुनियाँलाई
आफ्नो व्यथा अनी व्यासको दुरी
कुनै वेदना अनि कथा नसुनाई ।
आउँछन अनि जान्छन
जव सुर्य अस्ताउँछ पश्चिममा
तव चन्द्रमालाई स्वागत गरी नभेटी डुभिदिन्छ ।
जव चन्द्रमा अस्ताउँछ पुर्वमा
तव सुर्यलाई स्वागत गरी
नभेटि डुवि दिन्छ ।
यी एक आपसमा कति परिपुरक छन ।
ता पनि यिनीहरुको न कुनै मिलन
न कुनै विछोड
यि दुई यो सुष्टिको दिन अनि
रातमा देखिएका देवाताहरु केवल यो जगतलाई ।
उज्यालो दिन अनि लाली छर्न
निरन्तर घुमी रहेका छन
आफ्नै कक्षमा अनी स्थानमा
केवल कुमालेको चक्र झै ।