म्याग्दी। दैनिक दर्जनौ सवारी साधन गुड्ने गलेश्वर–राखुभगवती सडक निर्माण भएको लामो समय भएपनि सडकको अवस्था भने जीर्ण र कहालीलाग्दो छ ।

Advertisement

म्याग्दीको रघुगंगा गाउँपालिका वडा नम्बर ३ पिप्लेको गलेश्वरदेखि पिप्ले, भगवती हुँदै बेखखोला क्षेत्रको सडकको स्तरोन्नतीका लागि १ करोड ५० लाख बढि बजेट खर्च गरेपनि सडकको अबस्था भनै जस्ताको तस्तै छ ।

यो सडकमा विभिन्न क्षेत्रबाट प्रप्त डेढ करोड रकम खर्च गरेपनि सवारी साधन सहजै चल्न भने सक्दैनन् । आर्थिक बर्ष २०७३ /०७४ मा सांसद विकास कोषबाट रु ४० लाख, अर्थमन्त्रालयबाट रु १ करोड, जिल्ला समन्वय समितिबाट रु १५ लाख बजेट यो सडकका लागि विनियोजन भएको थियो ।

तर, सडक स्तरोन्नती गर्न यति धेरै बजेट खर्चिदा पनि सडकको अबस्थामा सुधार नहुँदा रघुगंगा गाउँपालिकाका बहुसंख्यक नागरिकहरु समस्यामा परेका छन् ।

सडक फराकिलो भएपनि भलबाढी तर्काउन नालि निर्माण नहुनु र हिलो भएको ठाउँमा ग्राभेल नगर्दा सडकको अधिकांश भाग जिर्ण बनेको छ । गलेश्वरदेखि पिप्ले हुँदै भगवती– बेगखोला– चिमखोला सडक र पिप्लेदेखि मौवाफाँट हुँदै दग्नाम सडकमा रघुगंगा गाउँपालिकाको १, २, ३, ४, ७ र ८ वडाका नागरिकहरुले आवत जावत गर्दै आएका छन् ।

वैज्ञानिक तवरले सडक मर्मत नगर्दा जोखिम मोलेर सवारी साधन वारपार गराउनुपर्ने बाध्यता रहेको मौवाफाँटका बोलेरो चालक सुरज भण्डारीले बताए ।

पानीपर्दा हिलोमा याताया फस्ने र महत्वपुर्ण सामानहरु भाच्चिने हुँदा भाडा समेत बढाउनुपर्ने र यात्रा समेत कष्टकर हुने गरेको सवारी चालक उमेश आचार्यले बताए ।

सदरमुकाम बेनीको बसपार्कबाट सहज रुपमा यातयात सुचारु भए १ घण्टामा राखु भगवती मैदान पुग्न सकिने भएपनि अहिले प्रतिव्यक्ति रु ३ सय रुपैयाँ भाडा तिर्न बाध्य छन् ।

बर्षासंगै सडकको अबस्था जीर्ण बनेपछि अहिले सवारी साधन समेत पाउन मुस्किल पर्न थालेको छ । रिर्जभ गरि गाउँ जान अनुरोध गर्दा समेत सहज रुपमा सवारी साधन पाउन नसकेको प्रवासबाट आएर गाउँ जान लागेका धर्मराज कार्कीको भनाई छ ।

 २०६४ सालमा गलेश्वर देखि राखुसम्म उक्त सडकको ट्रयाक खोलिएको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!