उत्तम लिम्बु, धनकुटा

फुलमान दाइ
कुन दु:ख बिसाउन
गाँउ छाेडेर
के-लाई अायौ?
याे खाडिमा तिमी पनि।

Advertisement

सुनेकाे थिएँ
तिमीले पुज्ने
देवीथानकाे देउताहरु
अाफु भित्रकाे
इश्वर हराएर
ढुङ्गा मात्रै बनेका छन् रे!

सँधै एकनाश
सुसाउने नम्फुवा खाेला
यसपाली त
मायामारी बढ्यो भन्छन्
सुनेका थिएँ
अाधा कित्ता बगर भा छ
बाँकि बचे अाधा जति
तल्सिङ्गले दिएनन् र!

खडेरी छ
भन्दै थिइन् सानीमाले
हुनेखानेहरु
सहरतिरै बसाईँ सर्याे अरे
जसाेतसाे
जिन्दगी चलेकै छ भन्दै थिइन्
गाउँमा
उसैगरि दुख्छ अरे!
बल्झिएर पहिले जस्तै
अामाकाे गानाे गाेला पनि।

सुनेकाे छु
जाेडी हराएकाे ढुकुरजस्तै
छट्पटाउछन् रे!
बर्षाैँ पर्खिबसेकी मायालु
परदेशिएका सङ्गीहरु
फर्किएनन् रे म जस्तै
घरकाे
एक हल मेलाे वारि थियाे
त्यहि पनि
साहुले लियाे भन्दै
दुखेसाे पाेख्दै थिए बाबुले
बाँकि एक हल गाेरु
यसपालीकाे भँइचालाेमा
गाठले थिच्याे भन्छन् ।

खै कुन?
स्मृति बल्झिन्छ कुन्नि..
उसैगरी हरेक साँझ
रुन्छिन् अरे कप्तान्नी बाेजु
कप्तान बाजेकाे
धर्मशाला छेउनेर
सुन्दैछु अाज पनि
उसैगरि हल्लिन्छ रे
छाेरीहरुकाे जिन्दगी
सार्कितेनकाे गाेगुन पातहरुमा।

सत्य थाम्ने चेलीहरु
अहिले पनि गाउँकै माटाेमा
अभाव सम्हालेकै छन् रे
भाेकमा पनि बाँचेकै छन् रे।

हतारमा दाैडिएकाे घामसँग
दाैडिन भ्याएकै रहेछन्
विरहमा सुसाएका हावासँग
सुस्केरा हाल्न भ्याएकै रहेछन्
कुनै संसार
जित्नु छैन उसलाई
मन भत्किन्छ
सम्हाल्छिन् रे
रहर फुट्छ
सहन्छिन् रे
त्यहिँ कथा बन्दाेरहेछ
त्यहिँ कथा छुट्दाेरहेछ।

अाँधी खाेलाकाे भिर
डरमर्दाे भयाेे भन्छन्
खै!कुन तर्कनाले हाे?
त्यहीँनेर
हामफाल्याे रे काेलबाेटेले
गाउँकाहरु
खुबै डराउछन् रे
सेहे छ भन्दै
साँझपख
काेलबाटेकै स्वरमा
अाँधी खाेलादेखि
छाँगे खाेल्सासम्म
कुर्लिन्छन् रे
एकनाशले निस्सामहरु।

बेँसी खेतकाे
बुढी धँयेराेकाे रुख
झाेक्राइरहेकाे सेल्लाेप्पासँगै
उसै उराठ गाउँछन् रे
अाँसु पाेखि मनरानीहरु
बिर्सिहिँड्ने
बैगुनीकाे माया सम्झेर।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!