वीरेन्द्रनगर नगरपालिकामा दमकल
सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाले दमकल खरिद गरेको छ । स्थापना भएको ४१ वर्षपछि नगरपालिकाले रु ६० लाख मूल्य पर्ने दमकल खरिद गरेको हो ।
साविकको मध्यपश्चिमको क्षेत्रीय सदरमुकाम वीरेन्द्रनगर नगरपालिकाको आफ्नै दमकल नहुँदा जनस्तरबाट चर्को दबाब खेपिरहेका नगरपालिकाले स्थानीय विकास मन्त्रालयको आर्थिक सहयोगमा भारतको दिल्लीस्थित अशोक ल्यानिन् कम्पनीबाट दमकल खरिद गरेर शनिवार ल्याएको हो ।
वीरेन्द्रनगर नग...
