धनकुटा, २५ भदौ । धनकुटाको मुलघाट नजिक तमोर नदिमा फेला परेको बेवासिसे शवको शनाखत भएको छ । धनकुटा नगरपालिका–९ स्थित माङखोला र तमोरको दोभानमा गत बुधबार वेवारिसे अवस्थामा शव फेला परेको थियो ।
उक्त शव फिदिम–५ पाँचथरका ४७ बर्षीय राजेन्द्र कुमार तुम्वाफुको रहेको पुष्टी भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी नायव निरीक्षक दिनेश अधिकारीले संगालोखबरलाई जानकारी दिए ।
उनका अनुसार मृतकका काका भरत तुम्वाफुले शवको सनाखत गरेका छन । कुहिन थालेको अवस्थामा रहेको उक्त शवको दाहिने कन्चटमा रहेको खतका आधारमा काकाले शवको पहिचान गरेका हुन ।
जिल्ला पशुसेवा कार्यालय पाँचथरमा कार्यालय सहयोगीका रुपमा कार्यरत तुम्वाफु भदौ २ गतेदेखि सम्पर्क बिहिन थिए । भदौ ९ गते स्थानीय कावेली खोला नजिक उनलाई स्थानीयबासीले देखेको बताईएको छ ।
त्यसपश्चात १२ दिनपछि तमोरमा शव फेला परेको हो । कान र लिंग पनि चुटिएको र शरिर नचिनिनेगरी सुनिएको अवस्थामा शव फेला परेको थियो । फेला परेको चार दिनपछि सवको शनाखत भएको हो ।
मृत्युको कारण नखुले पनि अत्याधिक माधक पदार्थ सेवन गर्ने उनको स्वभाव रहेका कारण घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ । मृतकको शवलाई जिल्ला अस्पताल धनकुटामा पोष्टमार्टम गरी आफन्तको जिम्मा लगाईएको छ ।