रसुवा । पासाङल्हामु राजमार्ग मर्मतका क्रममा शनिबार घाइते भएका सशस्त्र प्रहरी जवानको आज निधन भएको छ ।

सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म रसुवाका प्रहरी नायब उपरीक्षक प्रकाश वाग्लेका अनुसार मृत्यु हुनेमा नुवाकोट, विदुर नगरपालिका–९ गेर्खुका ३३ वर्षीय प्रहरी जवान रमेशकुमार श्रेष्ठ छन् ।

Advertisement

गोसाइँकुण्ड गाउँपालिका–६ फालेखोला र ठाडेगाउँबीचको सडक मर्मतका क्रममा माथिबाट खसेको ढुङ्गाले श्रेष्ठको टाउकामा चोट लागेकामा हेलिकप्टरबाट काठमाडौँस्थित ट्रमा सेन्टरमा उपचार गर्दागर्दै आज अपराह्न १ः१५ बजे निधन भएको वाग्लेले जानकारी दिए । निजको घर बताइएको छ । रासस

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!