मोरङमा खसीको मासु भनेर बाख्राको मासु बेच्ने तीन जना पक्राउ
मोरङ, ११ कात्तिक । खसीको मासु भनेर बाख्राको मासु बेच्ने तीन जनालाई विराटनगर–१७ बाट प्रहरीले पक्राउ गरेको छ । रानी क्वाटर लाइन जाने बाटोमा मासु बिक्रि गर्ने तीन जनालाई शुक्रबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले गोप्य सुचनाका आधारमा खसिको स्वरुपमा खसीको अण्डकोस टाँसी अबैध रुपमा मासु बिक्री बितरण गरिरहेका विराटनगर महानगरपालिका–१७ का ४७ बर्षीय लाल मह...



























