विशिष्ट सम्पदाबारे ज्ञान दिने उपयुक्त संस्था लुम्बिनी बौद्ध विश्वविद्यालय : प्रम
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालका विशिष्ट सम्पदाबारे ज्ञान दिने उपयुक्त संस्था लुम्बिनी बौद्ध विश्वविद्यालय भएको बताएका छन् ।
सो विश्वविद्यालयका आठौँ सभालाई आज यहाँ सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले लुम्बिनी मात्र नभई बुद्धसँग जोडिएका कपिलवस्तु, रामग्रामजस्ता पुरातात्विक क्षेत्रका साथै स्वयम्भू, बौद्धनाथ, बौद्धकलाले युक्त विहार, मन्दिरजस्ता धार्मिक तथा सांस्कृतिक क्षेत्रबारे ...
