मंसिर २१ को चुनावलाई उम्मेदवार छान्न प्रमुख दललाई चटारो
काठमाडौँ, १० कात्तिक । दोस्रो चरण मंसिर २१ मा हुने प्रदेश तथा प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेदवार छान्न प्रमुख राजनीतक दलहरुलाई भ्याइ नभ्याइ भएको छ ।
४५ जिल्लामा हुने दोस्रो चरणको निर्वाचनका लागि कार्तिक १६ गते बन्द सूची बुझाउनुपर्ने भएकाले दलहरु उम्मेदवार छान्ने अन्तिम गृहकार्यमा लागेका हुन् ।
यसैवीच, नेकपा एमाले र माओवादी केन्द्रको बाम गठबन्धनले दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभ...





















