संगालोखबर सम्वाददाता

मोरङ, ११ कात्तिक । खसीको मासु भनेर बाख्राको मासु बेच्ने तीन जनालाई विराटनगर–१७ बाट प्रहरीले पक्राउ गरेको छ । रानी क्वाटर लाइन जाने बाटोमा मासु बिक्रि गर्ने तीन जनालाई शुक्रबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले गोप्य सुचनाका आधारमा खसिको स्वरुपमा खसीको अण्डकोस टाँसी अबैध रुपमा मासु बिक्री बितरण गरिरहेका विराटनगर महानगरपालिका–१७ का ४७ बर्षीय लाल महमद, ६० बर्षीय मोहमद रसिद र भारतको अररिया जोगवनीका २६ बर्षीय मोहमद कल्वालाई मासुसहित पक्राउ गरिएको हो ।

पक्राउ परेका तीनैजनालाई कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय रानीमा राखीएको १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!