कक्षा १२ को नतिजा सार्वजनिक ४८.१७ प्रतिशत उत्तीर्ण,रिजल्ट हेर्न यसो गर्नुहोस
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल प्रकाशित गरेको छ । परीक्षामा नियमिततर्फ ४८ दशमलव १७ प्रतिशत उत्तीर्ण भएका परीक्षा नियन्त्रक डम्बर बतासले जानकारी दिए ।
उनका अनुसार नियमिततर्फ कुल एक लाख ७५ हजार ५९३ परीक्षार्थी सहभागी भएकामा ८४ हजार ५९३ परीक्षार्थी उत्तीर्ण भएका छन् ।
त्यसैगरी आंशिकतर्फ एक लाख २३ हजार १२१ विद्यार्थीले परीक्षा दिएकामा ४८ हजार ७३६ जना उत्तीर्ण ...



















