काठमाडौं, २८ कात्तिक ।  ‘पिउने पनि रहर छ’ बोलको गजलको म्युजिक भिडियो सार्वजनिक भएको छ। गजल गायक थानेश्वर गौतमको स्वर रहेको गीतमा श्याम रेग्मीको शब्द र गायक गौतमकै संगीत सुन्न सकिन्छ।

निर्देशक रोजल थापाले यस भिडियोको निर्देशन गरेका हुन्। सुरेश राउतको सम्पादन रहेको भिडियोका छायाकार रामेश्वर कार्की हुन्। नायिका नम्रता श्रेष्ठ र मोडल किरण गुरुङको नृत्य र रोमान्स समावेश गरिएको भिडियोलाई रोहित बस्नेतले कोरियोग्राफी गरेका छन्।

भिडियोमा गायकलाई आफैँ पनि हातमा मदिरा बोकेर झुमिरहेको देख्न सकिन्छ । यसअघि थानेश्वर गौतमले ‘बिर्सिएर शृंगारमा गाजल लगाइनछौं’, ‘स्याङ्जा गएँ पाल्पा गएँ’, ‘सिन्दूर लाउने हौली माया’, ‘यहाँ यस्तै हुन्छ प्यारी’सँगै फिल्म ‘रामप्यारी’मा समावेश ‘छमछम ती पाउजुहरू बजाएर नाच’ बोलको गीतमा समेत आफ्नो स्वर भरिसकेका छन्।

हेर्नुहोस् भिडियो:

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!