काठमाडाैं, २० मंसिर । आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपको अन्तिम चरण अन्तर्गत युएईबिरुद्धको खेलमा नेपाले पहिलो विकेट गुमाएको छ ।

Advertisement

ओपनर दिलिप नाथ १६ रनको व्यक्तिगत स्कोरमा पेविलियन फर्केका छन् । ३९ बलको सामना गरेका उनी १४.५ ओभरमा युएईका अहमद राजाको बलमा बोल्ड भए ।

नयाँ ब्याट्सम्यानको रुपमा शरद भेषावकर क्रिजमा आएका छन् ।

अर्का ओपनर उपकप्तान ज्ञानेन्द्र मल्ल ३३ रनको स्कोरमा खेलिरहेका छन् । १८औं ओभरको समाप्तिमा नेपालले ५० रनको आँकडा पार गरेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!