काठमाण्डौ, २० मंसिर । प्रतिनिधिसभा र प्रदेशसभाको दोस्रो चरणको निर्वाचनलाई लक्षित गर्दै प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा(एमाले) र माओवादी केन्द्र लगायतले काठमाडौँको तीनकुनेबाट विभिन्न जिल्लाका लागि निशुल्क बस संचालन गरेका छन्।

Advertisement

कामको सिलसिलमा राजधानीमा रहेका आ–आफ्ना मतदातालाई लैजान दलहरुले तीनकुनेबाट कांग्रेस, एमाले र माओवादी केन्द्र लगायतका दलहरुले छुट्टाछुट्टै बस संचालन गरेका हुन्।

उम्मेदवारले रिजर्भ गरिदिएको बस चडेर आज भोट हाल्न जाने मतदाताको भिड तीनकुनेमा देखिएको छ। भोली चुनाव हुने काभ्रे, सिन्धुली, उदयपुर, सिरहा, धनुषा, महोत्तरी, सर्लाही लगायतका जिल्लाका मतदाताहरु पनि दलहरुले ‘रिजर्भ’ गरिदिएका बसबाट आफ्नो मतदान क्षेत्रमा गहिरहेका छन्।

तीनकुनेबाट आज मात्रै १ सय भन्दा बढी रिजर्भ बस छुट्दै विभिन्न जिल्लाका लागि छुट्ने बताइएको छ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!