नक्सापासबिनै सेनाले बनायो महल
काठमाडौं, ४ माघ । कान्तिपुरले भित्री पृष्ठमा नेपाली सेनाले भद्रकालीस्थित मुख्यालयभित्र काठमाडौं महानगरपालिकाबाट नक्सापास नै नगराई ठूला भवनहरू बनाइरहेको समाचार छापेको छ । नक्सापास गर्न बारम्बार पत्राचार गर्दासमेत सेना सम्पर्कमा नआएको महानगरको आरोप छ ।
सेनाको मुख्यालयभित्र ठूला-ठूला भवन, स्टेडियम र पुस्तकालय बनाइएको छ । त्यस्तै ट्रमा सेन्टरसँगैको त्रिचन्द्र मिलिटरी हस्पिटल भत्काएर सेनाले नौ तले ब...



























