चुनाव सकिएलगत्तै पुर्वराजा ज्ञानेन्द्र पश्चिम नेपालको भ्रमणमा

चुनाव सकिएलगत्तै पुर्वराजा ज्ञानेन्द्र पश्चिम नेपालको भ्रमणमा

काठमाडौं, ७ पुस । मुलुकमा निर्वाचन सकिएपछि पुर्व राजा ज्ञानेन्द्र शाह मध्यपश्चिम तथा सुदुरपश्चिमको भ्रमणमा जाने भएका छन् । पुर्व राजा शाह श्रीमति कोमल राज्यलक्ष्मी देवी शाहका साथ आगामी साता मध्यपश्चिम र सुदरपश्चिमका जिल्लाको भ्रमणमा जान लागेका हुन् । शाहका नीजि फणि पाठकका अनुसार केही दिनको निजी भ्रमणका सिलसिलामा शाह दम्पति त्यसतर्फ जान लागका हुन् । प्रदेश र प्रतिनीधिसभा चुनाववारे शाहको ...
गाडी किन्ने विवादले गाउँपालिकाको काम प्रभावित

गाडी किन्ने विवादले गाउँपालिकाको काम प्रभावित

गोरखा, ७ पुस ।  गोरखाको भिमसेन गाउँपालिकाका अध्यक्ष र कार्यकारी अधिकृतबीचको विवादले गाउँपालिकाको काम नै प्रभावित बनेको छ । एकअर्काको काम र निर्णयप्रति समर्थन नहुँदा कामकाज प्रभावित भएको हो । अध्यक्ष इश्वर पाण्डे र कार्यकारी अधिकृत श्यामकृष्ण पौडेलबीचको टसलका कारण स्वास्थ्य र पशु क्षेत्रको कार्यक्रमका लागि बजेट विनियोजन हुन सकेको छैन । गाउँपालिका भित्रका स्वास्थ्य संस्थाका लागि आवश्यक औषधि खरिद नह...
भरतपुर अस्पतालमा प्रसूति गराउन आउनेमा अकस्मात समस्या

भरतपुर अस्पतालमा प्रसूति गराउन आउनेमा अकस्मात समस्या

चितवन, ७ पुस । जिल्लामा प्रसूतिका लागि पहिलो रोजाइका रुपमा रहेको यहाँको सरकारी भरतपुर अस्पतालमा प्रसूति गराउन आएका महिलाहरुमा एकाएक समस्या आउने र मृत्यु समेत हुन थालेपछि कारणको खोजी गर्न थालिएको छ । चालु आवमा प्रसूति गराउन आएका छजना महिलाको मृत्यु भइसकेको छ, जसमध्ये पाँच जनाको शल्यक्रियापछि मृत्यु भएको हो । गएको महिनामा मात्रै दुईजनाको मृत्यु भएको अस्पतालले जनाएको छ । भरतपुर अस्पतालका प्रसूति ...
खोटाङका दशवटै स्थानीय तह सडक सञ्जालमा जोडिए

खोटाङका दशवटै स्थानीय तह सडक सञ्जालमा जोडिए

खोटाङ, ७ मंसिर । जिल्लाका दशवटै स्थानीय तह सदरमुकाम दिक्तेलसँग सडक सञ्जालमा जोडिएका छन् । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लाका सबै स्थानीय तह दिक्तेलसम्मको सिधा सडक सञ्जालमा जोडिएका हुन् । गत वर्षसम्म सदरमुकाम दिक्तेलबाट सिमित ठाउँमा मात्र यातायात सेवा सञ्चालन हुँदै आएको जिल्लामा यस वर्षदेखि सबै स्थानीय तहमा सेवा सञ्चालन गरिएको यातायात व्यवसायी संघ, खोटाङका महासचिव रामकुमार हिङ्माङले बब...
प्रदेश मन्त्रालयमा तत्काल ३ हजार कर्मचारी पठाउने तयारी

प्रदेश मन्त्रालयमा तत्काल ३ हजार कर्मचारी पठाउने तयारी

काठमाडौं, ७ पुस ।  सामान्य प्रशासन मन्त्रालयले करिब तीन हजार कर्मचारी प्रदेशस्तरको मन्त्रालयमा खटाउने गरी गृहकार्य थालेको छ । मन्त्रालयका प्रवक्ता शिवराम न्यौपानेले अन्तरिम व्यवस्थापनअन्तर्गत् प्रदेशस्तरमा खटाउने गरी कर्मचारीको व्यवस्थापन भइरहेको जानकारी दिए । सरकारले प्रदेश तहमा रहने मन्त्रालयको संख्या यकिन भने गरिसकेको छैन । सम्भवतः आगामी मन्त्रिपरिषद् बैठकले प्रदेशमा रहने मन्त्रालयको संख्या ...
केपी ओली अढाइ वर्षमात्रै प्रधानमन्त्री !

केपी ओली अढाइ वर्षमात्रै प्रधानमन्त्री !

काठमाडौं, ७ पुस । मन्त्री बन्न पाउने भएका छन् । पाँच वर्षे कार्यकालको बाँकी अवधि ओलीले माओवादी अध्यक्ष प्रचण्डलाई छाडिदिनुपर्ने भएको छ । गत असोजमा दशैंको टीका सकिएलगत्तै एमालेको बैठक बसेको थियो, जसमा अध्यक्ष केपी ओलीले माओवादीसँगको सम्झौताबारे तयार पारिएको ड्राफ्ट प्रस्तुत गरेका थिए, जसको तीन नम्बर बुँदामा ‘निर्वाचनपछि सरकारको नेतृत्व आलोपालो गर्ने’ उल्लेख गरिएको थियो । माओवादीका उच्च नेताले द...
आमाको शव घरसम्म लैजाने पैसा नभएपछि…

आमाको शव घरसम्म लैजाने पैसा नभएपछि…

प्युठान, ७ पुस ।  ऐरावती गाउँपालिका-३ अर्जामकी पकला हुमी विकको उपचारका क्रममा जिल्ला अस्पताल बिजुवारमा बिहीबार निधन भयो । लामो समयदेखि श्वासप्रश्वासकी बिरामी उनलाई छोरी राधा विकले बुधबार अस्पतालसम्म पुर्‍याएकी थिइन् । ७३ वर्षीय विकको उपचारका क्रममा बिहान ८ बजे अस्पतालमै मृत्यु भयो । आजको अन्नपूर्ण पोस्टमा खबर छ । विक परिवारको घर जिल्ला अस्पताल बिजुवारदेखि करिब चार घण्टाको दूरीमा पर्छ । आमाको मृ...
रुकुममा ट्याक्टर दुर्घटना, १ को मृत्यु, १ गम्भीर

रुकुममा ट्याक्टर दुर्घटना, १ को मृत्यु, १ गम्भीर

रुकुम, ७ पुस ।  रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । गाउँपालिका वडा नं ६ को झारेमारे लेकबाट नदुवातर्फ आइरहेको लु २ त ५०७४ नंको ट्याक्टर दुर्घटना हुँदा चालक बाँफिकोट–७ का २३ वर्षीय निमे कुसारीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा परी ट्याक्टर साहु सोही ठाउँका ३५ वर्षीय तिले खत्री गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब ...
सास कुर्दाकुर्दै लास बुझ्नुपर्दा…

सास कुर्दाकुर्दै लास बुझ्नुपर्दा…

सर्लाही, ७ पुस । मंगलबार बिहानै छोराले बुबा म भोलि (बुधबार) घर आउँछु भनेर फोन गरे । छोरा आउने भएपछि बुबाले बिहान ७ बजेतिरै एउटा सामान ल्याइदिन फोन गरे । तर, फोन उठेन । वीरगन्जस्थित सुपर ग्यास उद्योगमा बुधबार बिहान आगलागी हुँदा ज्यान गुमाएका वीरगन्ज महानगरपालिका कार्यालयमा कार्यरत अग्नि नियन्त्रक यादवप्रसाद अधिकारीका बुबा टीकाप्रसादले भक्कानिँदै भने, ‘धेरैपटकको फोन नउठेपछि गरिन् ।’ बिहान साढे ९ ब...
कुन देशका राष्ट्रप्रमुखले कति पाउँछन तलब ?

कुन देशका राष्ट्रप्रमुखले कति पाउँछन तलब ?

अमेरिका, चीन, फ्रान्स, जर्मनी, जापान, सिंगापुरलगायत विश्वका ठूला र विकशित देशका राष्ट्रपति तथा प्रधानमन्त्रीको तलब कति होला ? सायद, यो जिज्ञासा जो–कोहीलाई लाग्न सक्छ । आर्थिक रूपमा समृद्ध यी ठूला देशका राष्ट्रप्रमुखको तलब नेपाली रुपैयाँमा धेरै देखिए पनि त्यहाँ चल्ने युरो र डलरमा हिसाब गर्दा निकै कम हुन्छ । मतलब, उनीहरूले राज्यबाट कम तलब बुझ्छन् । यस्तो छ केही धनी देशका राष्ट्रपति-प्रधानमन्त्रीको...
प्रदेशसभा समानुपातिकको परिणाम आज सार्वजनिक हुँने

प्रदेशसभा समानुपातिकको परिणाम आज सार्वजनिक हुँने

काठमाडौं, ७ पुस । निर्वाचन आयोगले प्रदेशसभातर्फकोे ७७ वटै जिल्लाको समानुपातिक निर्वाचन प्रणालीको परिणाम शुक्रबार सार्वजनिक गर्ने तयारी गरेको छ । आयोगले १० र २१ मंसिरमा गरी दुई चरणमा सम्पन्न प्रदेशसभा निर्वाचनको सातै प्रदेशको समानुपातिक प्रणालीतर्फको २ सय २० सिटको अन्तिम परिणाम आज (शुक्रबार) सार्वजनिक गर्ने तयारी गरेको हो । आयोगका प्रवक्ता नवराज ढकालले प्रदेशसभातर्फको समानुपातिक निर्वाचनको परिणा...
धरानमा तास खेल्ने १० जना पक्राउ

धरानमा तास खेल्ने १० जना पक्राउ

सुनसरी, ७ पुस । धरान–१६ बाट प्रहरीले ताल खेल्ने १० जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले स्थानीय सोहन थापाको घरबाट तास खेल्ने १० जनालाई पक्राउ गरेको हो । प्रहरीले तासको खालबाट ४८ हजार ७ सय ३० रुपैया नेपाली, ९ सय भारतीय रुपैयाँ र ६ बुङ ताससमेत बरामद गरेको छ । पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखेर अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ...
२०७४ पुस ७ गते शुक्रवारको राशिफल

२०७४ पुस ७ गते शुक्रवारको राशिफल

वि.सं. २०७४ साल पुस ७ गते। शुक्रबार। इश्वी सन् २०१७ डिसेम्बर २२ तारिख। नेपाल संवत् पोहेलाथ्व। पौष शुक्लपक्ष। तिथि– चतुर्थी, १९:१४ बजेउप्रान्त पञ्चमी। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) अवसरका लागि विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। परिस्थितिले लक्ष्यमा पुग्न अप्ठ्यारो पार्नेछ। केही चुनौतीहरू देखिनेछन्। आफ्ना कमजोरी बाहिर आउनाले समस्या पर्नेछ। अधिकार सुरक्षा गर्न ज...
धनकुटामा मानव अधिकार उल्लंघनका तीन दर्जन बढि घटना

धनकुटामा मानव अधिकार उल्लंघनका तीन दर्जन बढि घटना

धनकुटा, ६ पुस । धनकुटामा विगत एक वर्षको अवधिमा ३८ वटा मानव अधिकार उल्लंघन तथा ज्यादतिका घटना भएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (ईन्सेक) धनकुटाले बिहीबार आयोजना गरेको कार्यक्रममा सो जानकारी दिइएको हो । मानव अधिकार बर्ष पुस्तक २०१८ का लागि तयार पारिएको बार्षिक प्रतिवेदन पूर्व समिक्षा कार्यक्रममा दिएको जानकारी अनुसार एक वर्षको अवधिमा जिल्लामा अधिकांस घटना गैर राज्य पक्षबाट भएका छन् । गत वर्ष...
धनकुटाको साप्तिङटारमा मिनि ट्रक दुर्घटना

धनकुटाको साप्तिङटारमा मिनि ट्रक दुर्घटना

धनकुटा, ६ पुस । धनकुटाको खाल्सा छिन्ताङ सहीदभूमी गाउँपालिका–७ साप्तिङटारमा बिहीबार राति मिनि ट्रक दुर्घटना हुँदा तीन जना घाईते भएका छन् । त्रिवेणीबाट मुलघाट तर्फ आउँदै गरेको को.१ ख.२५४८ नम्बरको मिनि ट्रक राति करिव साँढे ८ बजे अनियन्त्रित भई पल्टिएको हो । दुर्घटनामा परी ट्रक चालक चौविसे गाउँपालिका–६ राजारानीका २० बर्षीय बिक्रम वि.क., सोही स्थानका १८ बर्षीय उपहार राई र १८ बर्षका दिवश राई घाईते भएको...
प्रादेशिक राजधानी माग गर्दै धनकुटामा सातौ दिन पनि प्रदर्शन (फोटो फिचरसहित)

प्रादेशिक राजधानी माग गर्दै धनकुटामा सातौ दिन पनि प्रदर्शन (फोटो फिचरसहित)

धनकुटा, ६ पुस । प्रशासनीक गौडा हुँदै यसअघि पूर्वाञ्चल बिकास क्षेत्रको सदरमुकामसमेत रहेको धनकुटालाई १ नम्बर प्रदेशको राजधानी बनाउँन माग गर्दै जिल्लाबासीले बिहीबार पनि बृहत प्रदर्शन गरेका छन् । हरेक हिसावले उपयुक्त रहेरपनि सरकारले धनकुटालाई प्रादेशिक राजधानी बनाउँन आनाकानी गरेको भन्दै चरणबद्ध आन्दोलनमा उत्रिएका जिल्लाबासीले सातौ दिनपनि प्रदर्शनलाई जारी राखेका हुन । राजधानी घोषणाका लागि दवावमूलक नार...
धनकुटाको गुठिटारमा जीप पल्टिदा चार घाईते

धनकुटाको गुठिटारमा जीप पल्टिदा चार घाईते

धनकुटा, ६ पुस । धनकुटा नगरपालिका–९ गुठिटारमा आज दिउँसो जीप दुर्घटना हुँदा चार जना घाईते भएका छन् । गुठिटारबाट बेलहारा डाँडा जाँदै गरेको को.१ ज.१९१७ नम्बरको जीप दिउँसो साँढे २ बजे गुठिटार बजार नजिक पल्टिएको हो । दुर्घटनामा परी धनपा–९ बेलहाराका ४५ बर्षीय झकल बहादुर तामाङ, २२ बर्षीय दिवस रायमाझी, ४० बर्षीय सन्तबहादुर राई र ३० बर्षीय कृष्ण बहादुर नेपाली घाईते भएको धनकुटाका ट्राफिक प्रहरी दिपक खड्काले...
नेपाल-भारत सीमामा संयुक्त सुरक्षा गस्ती

नेपाल-भारत सीमामा संयुक्त सुरक्षा गस्ती

नवलपरासी, ६ पुस। नवलपरासी पश्चिमस्थित नेपाल—भारत सीमा क्षेत्रमा नेपाल र भारतका सुरक्षाकर्मीद्वारा संयुक्त सुरक्षा गस्ती गरिएको छ । नवलपरासीमा सीमा सुरक्षाको लागि नेपालको सशस्त्र प्रहरी र भारतको सीमा सुरक्षा बलका सुरक्षाकर्मीले बुधबार संयुक्त गस्ती गरेका हुन् । संयुक्त गस्ती टोलीले सीमा स्तम्भ संख्या ५०० देखि स्तम्भ संख्या ४९७ सम्म संयुक्त गस्ती गरिएको सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट गुठी परसौनीले...
पाख्रीबासको तीन थुने गुफाको चर्चा चुलिंदै

पाख्रीबासको तीन थुने गुफाको चर्चा चुलिंदै

धनकुटा, ६ पुस । ओझेलमा परेको पाख्रीबास–२ स्थित तीनथुने गुफाको चर्चा क्रमश चुलिदै गएको छ । विगतमा स्थानीयस्तरमा मात्र सिमित रहेको गुफा क्रमश पछिल्लो समय अन्यत्र पनि चर्चित बन्दै गएपछि स्थानीयबासी उत्साहित बनेका छन् । पहाडको माथिल्लो भागमा रहेको पौराणिक महत्व बोकेको गुफाबारे पर्यटकीय दृष्टिले महत्व राख्ने भएकोले माघे संक्रान्तिमा मेला लगाउने तयारी गरिएको स्थानीयबासी दिलबहादुर तामाङले संगालोखबरलाई ब...
सय जनामा २९ नेपाली गरिब

सय जनामा २९ नेपाली गरिब

राष्ट्रिय योजना आयोग र अक्सफोर्ड विश्वविद्यालयको प्रतिवेदन – बहुआयामिक गरिबी सूचकांक (एमपिआई) अनुसार सयमध्ये २९ नेपाली गरिब छन् । बेलायतको अक्सफोर्ड विश्वविद्यालयको अक्सफोर्ड गरिबी तथा मानव विकास पहल (ओपिएचआई)सँगको सहकार्यमा राष्ट्रिय योजना आयोगले प्रकाशित गरेको नेपाल एमपिआई प्रतिवेदनले यस्तो देखाएको हो । सन् २०१४ को तथ्यांकका आधारमा गरिएको अध्ययनअनुसार नेपालमा २८.६% जनता गरिबीमा बाँचिरहेका छन्...
३९ प्रतिशत नेपालीमा मोटोपनको समस्या

३९ प्रतिशत नेपालीमा मोटोपनको समस्या

मोटोपनको समस्या बर्सेनि बढ्दै – नेपालमा मोटोपनको समस्या बढ्दै गएको पाइएको छ । पछिल्लो समय गरिएको अध्ययनले देशका ३९ प्रतिशत मानिस मोटोपनको सिकार बनेका देखाएको छ । नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०१६ मा उल्लेख भएअनुसार हरेक वर्ष नेपालमा मोटोपनको समस्या बढिरहेको छ । सर्वेक्षणले पुरुषमा भन्दा मोटोपनको समस्या महिलामा बढी देखाएको छ । नेपाल डेमोग्राफी हेल्थ सर्वेका नेपाल निर्देशक योगेन्द्र...
२०७४ पुस ६ गते बिहीबारको राशिफल

२०७४ पुस ६ गते बिहीबारको राशिफल

वि.सं. २०७४ साल पुस ६ गते। बिहीबार। इश्वी सन् २०१७ डिसेम्बर २१ तारिख। नेपाल संवत् पोहेलाथ्व। पौष शुक्लपक्ष। तिथि– तृतीया, १७:३५ बजेउप्रान्त चतुर्थी।   मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) आफ्नो श्रमबाट अरूले फाइदा उठाउने चेष्टा गर्लान्। अवसरका लागि विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। कामको सन्दर्भमा शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ। तापनि मिहिनेत गर्दा पछ...
वुधुक माविको शैक्षिक गुणस्तर सुधार गर्न सीसी क्यामेरा जडान

वुधुक माविको शैक्षिक गुणस्तर सुधार गर्न सीसी क्यामेरा जडान

धनकुटा, ५ पुस । धनकुटाको चौविसे गाउँपालिका–७ मौनावुधुकको वुधुक माध्यमिक बिद्यालयमा शैक्षिक गुणस्तर सुधारका लागि सीसी क्यामेरा जडान गरिएको छ । अध्ययन, अध्यापनलाई निगरानी गरि शैक्षिक गुणस्तर सुधार गर्न विद्यालयले प्रत्येक कक्षा कोठामा सीसी क्यामेरा जडान गरेको हो । एक लाख ९५ हजारको लागतमा १६ वटा सीसी क्यामेरा जडान गरिएको विद्यालयका शिक्षक पुर्ण कुमार योङहाङ्गले बताए । विद्यालयमा सीसी क्यामेरासहित फि...
धनकुटा नगरका पाँच बिद्यालयमा बालअधिकार शान्ति शिक्षा कार्यक्रम

धनकुटा नगरका पाँच बिद्यालयमा बालअधिकार शान्ति शिक्षा कार्यक्रम

धनकुटा, ५ पुस । धनकुटा नगरपालिका क्षेत्रका पाँच बिद्यालयमा वालअधिकार शान्ति शिक्षा कार्यक्रम सञ्चालन गरिएको छ । यसबर्ष धनकुटा–२ भीरगाउँको श्रीमान टंक माध्यमिक बिद्यालय, ५ को सल्लेरी आधारभुत बिद्यालय, ७ को त्रिवेणी माध्यमिक बिद्यालय, ८ को देउराली आधारभुत विद्यालय र ९ को देउराली माध्यमिक बिद्यालयमा कार्यक्रम सञ्चालन गरिएको हो । सामुदायिक बिकास मञ्च धनकुटा र मानव अधिकार मञ्च ईलामको साझेदारीमा कार्यक...
धनकुटामा प्रादेशिक राजधानी माग्दै उर्लियो जनसागर (भिडियोसहित)

धनकुटामा प्रादेशिक राजधानी माग्दै उर्लियो जनसागर (भिडियोसहित)

धनकुटा, ५ पुस । धनकुटालाई १ नम्बर प्रदेशको राजधानी घोषणा गर्न माग गर्दै बुधबार बृहत जनप्रदर्शन गरिएको छ । ६ दिनयता जारी प्रदर्शनमा सहभागिको संख्या दैनिक बढ्दै गएको छ । बुधबार स्वतस्फुर्त रुपमा बजार पसल बन्द गरी धनकुटाबासी जुलुशमा सहभागि भएका थिए । १ बजेदेखि सुरु भएको ¥यालीमा सहभागि हुँन मध्यान्हदेखिनै बजार पसल बन्द गरी हजारौंको संख्यामा जिल्लाबासी सडकमा उत्रिएका थिए । धनकुटालाई प्रादेशिक राजधानी...
लाङटाङ खुसी हुँदा थामिएन ओलीको मन, ओलीसहित बरिष्ठ नेताहरु यसरी नाचे

लाङटाङ खुसी हुँदा थामिएन ओलीको मन, ओलीसहित बरिष्ठ नेताहरु यसरी नाचे

रसुवा, ५ पुस । प्राकृतिक रूपमा अति सुन्दर लाङटाङमा तीन वर्षदेखि गहिरो शोकमा थियो । एकाबिहानै लाग्ने घामले टलक्क टल्किँदै हिमाल खुल्थ्यो । तर, लाङटाङवासीको मन भने कहिल्यै खुल्न सकेन । उनीहरूको मनमा घरीघरी आफन्त गुमाएको पीडा छाइनै रह्यो । ०७२, १२ वैशाखमा गएको महाभूकम्पले लाङटाङको ऊर्जा अनि खुसी सदाका लागि खोसेर लगेको थियो । त्यस दिन लाङटाङमा एक सय ७५ नेपाली नागरिकसहित पाँच सय मानिस एकै चिहान बनेका ...
प्रदेश प्रमुख तथा मुख्यमन्त्रीको वरीयता क्रम तोक्ने तयारी

प्रदेश प्रमुख तथा मुख्यमन्त्रीको वरीयता क्रम तोक्ने तयारी

काठमाडौं, ५ पुस । सरकारले प्रदेश प्रमुख, मुख्यमन्त्री, मन्त्री तथा सांसदलाई समेटेर नयाँ वरीयता क्रम निर्धारण गर्ने तयारी गरेको छ । यसअघि निर्धारण गरिएका वरीयता क्रममा उनीहरूलाई समेटिएको थिएन । गृह मन्त्रालयले नयाँ वरीयता क्रमको मस्यौदा तयार भइसकेको जनाउँदै अब बस्ने मन्त्रिपरिषद् बैठकमा पेस गर्ने जानकारी दिएको छ । गृह मन्त्रालयका सहसचिव हरिशरण पुडासैनीले वरीयता क्रमको मस्यौदा तयार भएको बताए । ‘प...
प्रदेश राजधानी बनाउँदा यस्तो अपनाउँनुपर्छ मापदण्ड

प्रदेश राजधानी बनाउँदा यस्तो अपनाउँनुपर्छ मापदण्ड

काठमाडाैं । प्रदेश राजधानीका लागि नयाँ सहरको विकास गर्नु उचित हुने विभिन्न अध्ययन तथा अन्य देशको अनुभवले देखाएको छ । अहिले प्रदेश राजधानीका लागि प्रचारमा ल्याइएका कुनै पनि सहर राजधानी बन्नका लागि आवश्यक सबै मापदण्ड पुगेको नभएकाले त्यसका लागि नयाँ सहर नै बनाउनुपर्ने आवश्यकता देखिएको हो । केन्द्रीयता : प्रदेशको राजधानी सम्बन्धित प्रदेशको केन्द्रमा हुनुपर्छ, ता कि सबै क्षेत्रका मानिसलाई राजधानी आउ...
१५ दिनको अवधिमा तीन पटक बढ्यो इन्धनको मुल्य, कति पुग्यो अव  ?

१५ दिनको अवधिमा तीन पटक बढ्यो इन्धनको मुल्य, कति पुग्यो अव ?

  काठमाडौं, ५ पुस। नेपाल आयल निगमले १५ दिनको अन्तरमा दोस्रो पटक पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले मंगलवार राती १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १/१ रुपैयाँले वृद्धि गर्ने निर्णय गरेको हो । यसअघि निगमले मंसिर २२ मा इन्धनको मूल्य समायोजन गरेको थियो । नयाँ मूल्य अनुसार अब पेट्रोलको मूल्य प्रतिलिटर १ सय १ रुपैयाँ पुगेको छ । त्यस्तै, डिजेल र मट्ट...
२०७४ पुस ५ गते बुधबारको राशिफल

२०७४ पुस ५ गते बुधबारको राशिफल

वि.सं. २०७४ साल पुस ५ गते। बुधबार। इश्वी सन् २०१७ डिसेम्बर २० तारिख। नेपाल संवत् पोहेलाथ्व। पौष शुक्लपक्ष। तिथि– द्वितीया, १५:३७ बजेउप्रान्त तृतीया। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) परिस्थितिवश चिताएको काम रोकिन सक्छ। व्यवसायभन्दा सेवामूलक कामबाट उपलब्धि हातलागी हुनेछ। अप्ठ्यारो परिस्थितिमा पनि केही काम बन्नेछन्। तर ठूलो फाइदा नदेखिएकाले लाभ उठाउन हतार नगर्नुहोला। ...
तुलसीमेहरलाई प्रथम अन्तर विद्यालय क्रिकेटको उपाधी (फोटो फिचरसहित)

तुलसीमेहरलाई प्रथम अन्तर विद्यालय क्रिकेटको उपाधी (फोटो फिचरसहित)

धनकुटा, ४ पुस । तुलसीमेहर मेमोरियल ईङ्लिस बोडिङ स्कुलले धनकुटामा सञ्चालित प्रथम अन्तर विद्यालय क्रिकेट प्रतियोगिताको उपाधी जितेको छ । धनकुटाको तल्लो टुडिखेलमा मंगलबार भएको फाईनलमा त्रिवेणी माध्यमिक बिद्यालयलाई ६३ रनले पराजित गर्दै तुलसीमेहरले उपाधी चुमेको हो । टस जितेर ब्याटिङ रोजेको तुलसीमेहरले निर्धारित १५ ओभरमा ५ विकेट गुमाएर १ सय २३ रनको योगफल बनाएको थियो । तुलसीका लागि निकेसवावु महतले सर्वाध...
error: Content is protected !!